राष्ट्रपति र प्रधानमन्त्रीको सचिवालय सदस्य संख्या घटाउन आग्रह  « Khabarhub

राष्ट्रपति र प्रधानमन्त्रीको सचिवालय सदस्य संख्या घटाउन आग्रह 


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको  संख्या घटाउन आग्रह गरेका छन्।

बुधबार नेपाल वित्तीय संस्था कर्मचारी संघको राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा सम्बोधन गर्दै महामन्त्री थापाले याे संख्या घटाउन आग्रह गरेका हुन् ।

देशको आर्थिक अवस्था संकटग्रस्त रहेकाले अनावश्यक खर्चलाई कटौती गर्नका लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको संख्या घटाउनुपर्नेमा उनकाे जोड छ ।

राष्ट्रपति र प्रधानमन्त्रीदेखि विभिन्न निकायका पदाधिकारीहरू सबैले अत्यावश्यकबाहेकको खर्चलाई कटौती गर्नुपर्ने उनले बताए। 

महामन्त्री थापाले विकासको क्षेत्रमा हुने खर्च र पुँजीगत खर्चमा भने अझ सुधार गर्नुपर्ने बताए। यसो गर्न सकेमा देशको आर्थिक अवस्थामा सुधार आउने उनले बताए।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ३ : ४५ बजे

प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सभाको बैठकमा

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय सभाको बैठकमा पुगेका छन्।

पिउने पानीको उद्योगमा १२ करोड लगानी

घोराही – दाङमा शुद्ध पिउने पानीका लागि व्यवसायीले लगानी बढाउँदै

शैक्षिक गुणस्तर सुधार गर्न उपचारात्मक कक्षा

गोरखा– गोरखाको पालुङटार नगरपालिकाले नगर क्षेत्र भित्रका सामुदायिक विद्यालयको शैक्षिक

प्रतिनिधिसभा बैठक सुरु, शून्य समयमा बोल्दै सांसद

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद

काठमाडौँमै बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ – काठमाडौँको तारकेश्वर नगरपालिका- ६ मा बसको ठक्करबाट पैदलयात्री