बूढीगण्डकीमा बाढी : ४७ जनाको उद्धार, ५ जना सम्पर्कविहीन « Khabarhub

बूढीगण्डकीमा बाढी : ४७ जनाको उद्धार, ५ जना सम्पर्कविहीन


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो गएर बूढीगण्डकी नदी थुनिँदा आएको लेदोसहितको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार सार्वजनिक गरेको प्रेस नोटअनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत ४७ जनाको उद्धार गरिएको छ।

बाढीका कारण चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उङ्गिलुड निवासी भेडिगोठमा रहेका २ महिला र ३ पुरुष गरी ५ जना, हालसम्म सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

घटनाको कारण पत्ता लगाउन ड्रोन तथा भूगर्भविद्हितको ३ सदस्यीय टोली परिचालन गरिएको छ भने सडक सञ्चालन तथा बेलिब्रिज सम्भाव्यता अध्ययनका लागि समेत टोली खटिएको छ।

विपद प्रतिकार्य र क्षतिको विवरण

प्राधिकरणका अनुसार बाढीका कारण चुमनुब्री–३ न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल, धार्चे–५ माछाखोलाबाट कैरौँजा जोड्ने झोलुङ्गे पुल र आरूघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीको फलामे पक्की पुल बगेका छन्।

त्यस्तै, धार्चे–३ सल्लेरीमा निर्माणधीन टाइम्स ऊर्जा प्रा.लि.का रवरपर रहेका ७/८ वटा घर, आरूघाट–९ नयाँपुलस्थित गोरखा र धादिङ जोड्ने पक्की पुलको एक भाग तथा ३४१ मेगावाटको बूढीगण्डकी मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरण बाढीले बगाएको छ। माछाखोलाको तल्लो बस्तीमा पानी पसेर २०/२२ घर उच्च जोखिममा रहेका छन् भने दुईवटा टेलिफोन टावर र ५० वटा विद्युत् पोलमा क्षति पुगेको छ।

घटनालगत्तै सुरक्षा निकायका ४३७ जना जनशक्ति (नेपाली सेनाबाट ३ वटा विशेष फोर्ससहित १२७, नेपाल प्रहरीबाट १३३ र सशस्त्र प्रहरीबाट १७७) प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।

सेनाका ४ वटा हेलिकप्टरमार्फत खोज तथा उद्धारका साथै खाद्यान्नलगायत अत्यावश्यक राहत सामग्री ढुवानीको काम भइरहेको छ।

प्राधिकरणले नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई नदी किनार र जोखिमयुक्त बस्तीबाट सुरक्षित स्थानमा रहन तथा जोखिमयुक्त पुल र सडकबाट आवतजावत नगर्न कूटनीतिक तथा स्थानीय प्रशासनको निर्देशन कडाइका साथ पालना गर्न अनुरोध गरेको छ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ३ : २९ बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड