फ्रान्सका राष्ट्रपति म्याक्रोँ चीन भ्रमणमा « Khabarhub

फ्रान्सका राष्ट्रपति म्याक्रोँ चीन भ्रमणमा


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ चीन पुगेका छन् । तीनदिने राजकीय भ्रमणका लागि उनी चीन पुगेका हुन् ।

उनले शान्ति स्थापना गर्न चीनले प्रमुख भूमिका निर्वाह गर्नसक्ने बताएका छन् । चीन पुगेपछि दिएको पहिलो सार्वजनिक अभिव्यक्तिमा उनले शान्ति स्थापनाका लागि चीनले प्रमुख भूमिका खेल्नसक्ने बताएका हुन् ।

राजधानी बेइजिङमा आयोजित फ्रान्सेली नागरिकहरूसँगको अन्तरक्रियामा राष्ट्रपति म्याक्रोँले शान्ति र स्थायित्वको साझा जिम्मेवारीका निम्ति फ्रान्स सदैव तत्पर रहेको बताए ।

युरोपेली मुलुकले चीनसँगको व्यापारिक सम्बन्धलाई सुदृढ गर्नुपर्नेमा जोड दिँदै फ्रान्सेली राष्ट्रपतिले उनीहरू आर्थिक रूपमा चीनबाट अलग नहुने विचार व्यक्त गरे । उनले फ्रान्सको प्रमुख व्यापारिक साझेदार चीनसँगको व्यावसायिक सम्बन्धलाई निरन्तरता दिन आफू प्रतिबद्ध रहेको बताए ।

बुधबार चीन पुगेका राष्ट्रपति म्याक्रोँले आफ्ना चिनियाँ समकक्षी सी जिन्पिङसँग ग्रेट हल अफ द पिपलमा हुने भेटवार्तामा युक्रेनमा जारी युद्ध, युद्ध समाधानका निम्ति शान्तिको मार्ग पहिल्याउने तथा द्विपक्षीय सम्बन्धलाई घनिष्ठ बनाउनेबारे छलफल गर्ने फ्रान्सेली राष्ट्रपतिको कार्यालयका एक अधिकारीले पत्रकारहरूलाई बताएका छन् ।

युक्रेन युद्धलाई लिएर अमेरिकाबाट प्रायः प्रतिध्वनित हुने टकराव र मुठभेड भन्दा कूटनीतिक प्रयास र समाधानका बेग्लै प्रस्ताव राष्ट्रपति म्याक्रोँले अघि सार्ने उनले बताएका छन् । युरोपसँगको चीनको व्यापार सम्बन्धको संरक्षण, प्रवर्द्धन एवम् सन्तुलन, एशिया–प्रशान्त क्षेत्रमा फ्रान्सेली हितको रक्षालाई केन्द्रमा राखेर समकक्षी सीसँग राष्ट्रपतिले विचार विमर्श गर्ने उनले बताएका छन् ।

बेइजिङ भ्रमणको पूर्वसन्ध्यामा फ्रान्सेली राष्ट्रपतिले आफ्ना अमेरिकी समकक्षी जो बाइडेनसँग आफ्नो चीन भ्रमणलगायत द्विपक्षीय चासोका विषयमा टेलिफोनवार्ता गरेको अमेरिकी राष्ट्रपतिको कार्यालयले जनाएको छ । बेइजिङ भ्रमणको पूर्वसन्ध्यामा फ्रान्सेली राष्ट्रपतिले आफ्ना अमेरिकी समकक्षी जो बाइडेनसँग आफ्नो चीन भ्रमणलगायत द्विपक्षीय चासोका विषयमा टेलिफोनवार्ता गरेका थिए ।

युक्रेन युद्धको अन्त्य तथा त्यहाँ दिगो शान्ति स्थापना गराउन चिनियाँ संलग्नता आवश्यक भएकामा दुवै देशका नेताले जोड दिएका फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ५ : १५ बजे

रोल्पामा मृत्यु भएका सबै २० जनाको सनाखत 

रोल्पा-रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ

म्याग्दीको रघुगंगामा सडक खनिरहेको डोजर र चालकलाई पहिरोले पुर्‍यो

म्याग्दी -म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग भिरझरामा मोटरबाटो खन्ने क्रममा झरेको

पाँच वर्षदेखि प्रयोगविहीन नापी कार्यालयको भवन, किन बनेन क्यान्टिन ?

तेह्रथुम– सदरमुकाम म्याङलुङ बजारको केउरेनी लाइन भएर हिँड्ने धेरैको नजरमा

‘वास्तविक सुकुम्वासीलाई छिट्टै जग्गा दिएको राम्रो, नत्र खत्तम होला’

काठमाडौं- ५७ वर्षीय वसन्त माझीको तन कीर्तिपुरको राधास्वामी सत्संग आश्रमको

वडा सीमा विवाद सुल्झाउने मापदण्डको  सुझावमाथि अध्ययन जारी

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कतिपय स्थानीय तहका