राजा चार्ल्सकाे राज्याभिषेक मे ६ मा « Khabarhub

राजा चार्ल्सकाे राज्याभिषेक मे ६ मा


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लण्डन- राजा चार्ल्स तृतीयको आगामी मे ६ तारिखमा लण्डनकाे वेस्टमिनिष्टर गिर्जाघरमा राज्याभिषेक हुने भएको छ । सात दशकपछि देशमा राज्याभिषेकको तयारी द्रुत गतिमा भइरहेको छ । राज्याभिषेक समारोह तीन दिनसम्म मनाइने छ । वेस्टमिनिष्टर एबेमा विगत नौ सय वर्षदेखि राज्याभिषेक समारोह हुँदै आएका छन् ।

गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयको निधन भएपछि राजसिंहासन सम्हालेका राजा चार्ल्सको राज्याभिषेकको निमन्त्रणापत्रमा ‘क्विन कन्सोर्ट’ पदवी पाएकी क्यामिलालाई रानीको दर्जा दिइएको छ । उनले पनि सोही समारोहमा रानी मेरीको मुकुट लगाउने छिन् । राजा जर्ज पाँचौँसँगै रानी मेरीले उक्त मुकुट सन् १९११ पहिरिएकी थिइन् । विश्व इतिहासमा ७० वर्ष राजसिंहासन सम्हाल्ने कीर्तिमान महारानी एलिजावेथका नाममा दर्ज भएको छ ।

वकिङघम राजप्रासादले आज सार्वजनिक गरेको निमन्त्रणासम्बन्धी एक विवरणअनुसार राज्याभिषेक समारोहमा दुई हजार पाहुनालाई आमन्त्रण गरिने छ । राजाप्रसादले आमन्त्रण हुने व्यक्तिको सूची जारी गरेको छैन । राजा चार्ल्सले राजमुकुट लगाउने समारोह उनकी आमाको सन् १९५३ मा भएको राज्याभिषेक समारोहभन्दा छोटो हुनेछ ।

महारानी एलिजावेथको राज्याभिषेक समारोह करिब तीन घण्टा चलेको थियो भने त्यसमा एक सय २९ राष्ट्रका आठ हजार दुई सय ५१  देश र क्षेत्रका प्रतिनिधिले भाग लिएका थिए । दुई हजार पाहुनाले भाग लिने राजा चार्ल्सको राज्याभिषेक करिब एक घण्टा चल्नेछ । राजप्रासादले रानी क्यामिला र राजा चाल्र्सको औपचारिक तस्बिर र निमन्त्रणापत्र पनि सार्वजनिक गरेको छ ।

बीबीसी लगायत विश्वका प्रमुख विद्युतीय सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण हुने राज्याभिषेक समारोह स्वयम् उपस्थित भएर हेर्न संसारभरका देशबाट राजनेता, राष्ट्र तथा सरकार प्रमुख, राजा रानी एवम् राजपरिवारका सदस्य, विश्वका विभिन्न देशका प्रतिष्ठित व्यक्ति उपस्थित हुनेछन् ।

यसैबीच, मोनाकोका राजकुमार अल्बर्ट, जापानका राजकुमार फुमिहितो र उनकी भार्या किकोलगायत केही विदेशी राजपरिवारले समारोहमा उपस्थित हुने जनाएका छन् । अमेरिकाको प्रतिनिधित्व प्रथम महिला जिल बाइडेनले गर्ने भएकी छिन् ।

विविध सांस्कृतिक कार्यक्रमका साथ धूमधामका साथ मनाइने राज्याभिषेक समारोहमा एक दिन अर्थात् मे आठमा बेलायतभर सार्वजनिक बिदा दिने छ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ५ : ४४ बजे

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने

लुम्बिनी प्रदेशको बजेटको आकार ३७ अर्ब ३८ करोड ४५ लाख

काठमाडौं– लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ३८

सम्झौताका बाबजुद पनि अमेरिकाप्रति गहिरो अविश्वास कायमै : इरान

एजेन्सी– युद्ध अन्त्य गर्ने उद्देश्यका साथ सहमति भए पनि तेहरानले

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती

मुस्ताङ–  धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहरमैला