बाढी प्रभावितका लागि वेत्रावतीमा स्वास्थ्य शिविर, ६४ परिवार लाभान्वित (तस्बिरहरू) « Khabarhub

बाढी प्रभावितका लागि वेत्रावतीमा स्वास्थ्य शिविर, ६४ परिवार लाभान्वित (तस्बिरहरू)


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितका लागि नुवाकोटको वेत्रावती होल्डिङ सेन्टरमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

बाढीका कारण प्रभावित भएर होल्डिङ सेन्टरमा आश्रय लिइरहेका ६४ घरपरिवारलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा सेन्टरमा रहेका प्रभावितहरुको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको थियो ।

स्वास्थ्य शिविरमा गायिका समेत रहेकी चिकित्सक डा। त्रिशला गुरुङसहित चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी थिए । झापा निवासी फुर्वा लामाको सहजीकरणमा सिक्किमबाट आएको स्वास्थ्य टोलीले शिविर सञ्चालन गरेको हो ।

टोलीको नेतृत्व अदिप तामाङले गरेका थिए । उनी सिक्किम तामाङ बुद्धिष्ट एसोसिएसनका महासचिवसमेत हुन् । सिक्किमबाट आएको सात सदस्यीय टोलीमा चार जना चिकित्सक रहेका थिए ।

टोलीले होल्डिङ सेन्टरमा रहेका बाढी प्रभावितहरुको स्वास्थ्य परीक्षण गरी आवश्यक उपचारसमेत गरेको थियो । टोलीले आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीसमेत लिएर आएको थियो । तर, ती सामग्री सीमा नाकामै रोकिएपछि काठमाडौंबाट औषधि तथा आवश्यक स्वास्थ्य सामग्री लिएर नुवाकोट पुगेर शिविर सञ्चालन गरिएको जनाइएको छ ।

बाढीका कारण विस्थापित भई अस्थायी आश्रयमा रहेका प्रभावितहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै शिविर सञ्चालन गरिएको हो ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  ८ : ३८ बजे

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका