प्रदेश १ को नामकरण : पहिचानकै पक्षमा उभिने माओवादीको निर्णय « Khabarhub

प्रदेश १ को नामकरण : पहिचानकै पक्षमा उभिने माओवादीको निर्णय


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रले प्रदेश १ को नाम पहिचानका आधारमा हुनुपर्ने माग राख्दै जारी आन्दोलनको पक्षमा रहेको जनाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको माओवादी  पदाधिकारी बैठकले कोशी नामकरणबारे जारी आन्दोलनको विषयमा धारणा तय गर्दै पहिचानकै पक्षमा उभिने निर्णय गरेको हो ।

बैठकपछि माओवादी प्रवक्ता कृष्ण बहादुर महराले प्रदेशको नाम पहिचानका आधारमा राख्नका लागि माओवादीबाट कमजोरी भएको र पार्टी पहिचानकै पक्षमा रहेको स्पष्ट पारे ।

उनले प्रदेशको नामकरण गर्ने अधिकार प्रदेशसभालाई रहेपनि माओवादी पहिचानकै आधारमा प्रदेशको नामाङ्करणको पक्षमा रहेको बताए ।

बैठकले प्रदेश नामकरणका विषयमा भएको आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्दै उचित राहत दिन सरकारसँग आग्रह गर्ने निर्णय गरेको प्रवक्ता महराले बताए ।

त्यस्तै बैठकले मिटरब्याज पीडितहरुको पक्षमा माओवादी रहेकोले सरकारले छानबिन गरेर वार्ताका माध्यमबाट समस्या हल गर्नुपर्ने निष्कर्ष निकालेको उनले बताए ।

त्यस्तै प्रवक्ता महराले बिहीबारसम्ममा सरकारले पूर्णता पाउने जानकारी पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गराएको जानकारी दिए ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ५ : ५९ बजे

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको