प्रदेश १ को नामकरण : पहिचानकै पक्षमा उभिने माओवादीको निर्णय | Khabarhub Khabarhub

प्रदेश १ को नामकरण : पहिचानकै पक्षमा उभिने माओवादीको निर्णय


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रले प्रदेश १ को नाम पहिचानका आधारमा हुनुपर्ने माग राख्दै जारी आन्दोलनको पक्षमा रहेको जनाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको माओवादी  पदाधिकारी बैठकले कोशी नामकरणबारे जारी आन्दोलनको विषयमा धारणा तय गर्दै पहिचानकै पक्षमा उभिने निर्णय गरेको हो ।

बैठकपछि माओवादी प्रवक्ता कृष्ण बहादुर महराले प्रदेशको नाम पहिचानका आधारमा राख्नका लागि माओवादीबाट कमजोरी भएको र पार्टी पहिचानकै पक्षमा रहेको स्पष्ट पारे ।

उनले प्रदेशको नामकरण गर्ने अधिकार प्रदेशसभालाई रहेपनि माओवादी पहिचानकै आधारमा प्रदेशको नामाङ्करणको पक्षमा रहेको बताए ।

बैठकले प्रदेश नामकरणका विषयमा भएको आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्दै उचित राहत दिन सरकारसँग आग्रह गर्ने निर्णय गरेको प्रवक्ता महराले बताए ।

त्यस्तै बैठकले मिटरब्याज पीडितहरुको पक्षमा माओवादी रहेकोले सरकारले छानबिन गरेर वार्ताका माध्यमबाट समस्या हल गर्नुपर्ने निष्कर्ष निकालेको उनले बताए ।

त्यस्तै प्रवक्ता महराले बिहीबारसम्ममा सरकारले पूर्णता पाउने जानकारी पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गराएको जानकारी दिए ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ५ : ५९ बजे

युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवाशक्तिलाई सीप

‘गाउँभन्दा शहरको गरिबी भयानक, जहाँ घर जोडिन्छ मन जोडिँदैन’

काठमाडौं– निर्देशक दीपेन्द्र के खनालमाथि एउटा भाष्य बनेको छ– उनीसँग

कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य

दाङ – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्यले कम्युनिस्ट

फणिराज पाठकले भने : पूर्वराजालाई नजरबन्द गरिएको समाचार झुठो हो

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा नजरबन्द गरिएको समाचार

गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट डा. विश्व