इरानद्वारा युएई लागि राजदूत नियुक्त « Khabarhub

इरानद्वारा युएई लागि राजदूत नियुक्त


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इरानले संयुक्त अरब इमिरेट्स युएई लागि आफ्ना राजदूत नियुक्त गरेको छ । यससँगै विगत सात वर्षदेखि इरान र युएईबीच चिसिएको कूटनीतिक सम्बन्ध पुनः हार्दिकतातर्फ फर्किएको छ ।

इरानले मङ्गलबार युएईका लागि नयाँ राजदूत नियुक्त गरेको हो । इरानी विदेश मन्त्रालयको प्रवासी विभागमा महानिर्देशकका रूपमा काम गरेका रेजा अमेरीलाई युएईका निम्ति राजदूत नियुक्त गरिएको इरानी सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१६ पछि इरानले युएईका लागि पहिलो राजदूत नियुक्त गरेको हो ।

साउदी अरबले एक जना प्रख्यात शिया धर्मगुरूलाई मृत्युदण्ड दिएपछि इरानी प्रदर्शनकारीले तेहरानस्थित साउदी दूतावासमा आक्रमण गरेका थिए । त्यसको विरोधमा साउदीले आफ्ना राजदूतलाई फिर्ता बोलाएर इरानसँगको सम्बन्ध तोडेको थियो । इरान र साउदीबीचको द्वन्द्वले खाडी क्षेत्रको स्थायित्व र सुरक्षालाई खतरामा पार्नाका साथै मध्यपूर्वमा द्वन्द्व बढाएको थियो ।

गत महिना चीनको मध्यस्थतामा साउदी अरब र इरानबीच कूटनीतिक सम्बन्ध पुनः स्थापना गर्नेसम्बन्धी सम्झौता भएको थियो । इरानसँग एक शताब्दीभन्दा लामो समयदेखि व्यापारिक सम्बन्ध रहेको युएईले तेहरानसँगको सम्बन्धलाई पुनः नवीकरण गरेको हो ।

यसैबीच, साउदी अरब र इरानका शीर्ष कूटनीतिज्ञहरूले भोलि बिहीबार बेइजिङमा वार्ता गर्ने भएका छन् । खाडी क्षेत्रका दुई प्रतिद्वन्द्वी मुलुकले चीनको सक्रियतामा हालै भएको सम्झौता कार्यान्वयन गर्ने नयाँ चरणका योजनाबारे छलफल गर्ने बताइएको छ ।

राजकुमार फैसल बिन फरहान अल साउद र उनका इरानी समकक्षी होसेन अमिर अबदुल्लाहियानबीच भोलि हुने भेटवार्ता सात वर्षपछिको पहिलो औपचारिक बैठक हुनेछ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ७ : ०९ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट २६

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

भोजपुर– ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण

आँचललाई जन्मदिनको उपहार टिजर

काठमाडौं – शीर्ष नायिका आँचल शर्माको जन्म दिन पारेर फिल्म

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

इरानमा आक्रमण गरेर फर्किएका अमेरिकी सैन्य विमानको आकस्मिक अवतरण

वासिङ्टन – इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको