सभापोखरीको स्वास्थ्य शिविरमा एक हजार दुई सय बिरामीले लिए सेवा  « Khabarhub

सभापोखरीको स्वास्थ्य शिविरमा एक हजार दुई सय बिरामीले लिए सेवा 


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

संखुवासभा- संखुवासभाको सभापोखरी गाउँपालिकामा सञ्चालन भएको नि: शुल्क स्वास्थ्य शिविरमा एक हजार दुई सय बिरामीले सेवा लिएका छन्।

सभापोखरी गाउँपालिका सङ्खुवासभाको आयोजनामा र  सहयोगी सँस्था नेपाल नेत्र ज्योती संघ तेजरत्न आँखा अस्पतालको आयोजनामा नाक तथा कान रोग, पाठेघरको क्यान्सर, पाठेघर खसेको लगायत रोगका बिरामीहरूको उपचार गरिएको गाउँपालिका अध्यक्ष भीम बहादुर लिम्बुले जानकारी दिए। 

अध्यक्ष लिम्बुका अनुसार विशेष डाक्टरहरूद्वारा जनरल सेवा तथा मुटु रोग, मधुमेह, उच्च रक्तचाप साथै रगत सम्बन्धी विभिन्न नसर्ने रोगहरूको परिक्षण, दिशा, पिशाब, खकार सहित प्रयोगशाला सम्बन्धी सेवा सञ्चालन साथै सम्बन्धित समस्याको औषधि र ४० वर्ष माथिका उमेर समुहका आखाका बिरामीहरूलाई  चस्मा लगायत सम्पूर्ण उपलब्ध सेवाहरूको निःशुल्क रुपमा वितरण गरिएको बताए। 

धुपु स्वास्थ्य चौकी र बाह्रबिसे स्वास्थ्य चौकीमा भएको शिविरमा जम्मा  १ हजार २ सय  भन्दाबढी बिरामीहरूले सेवा लिएका थिए। स्वास्थ्यकर्मी तथा शिविरमा सहयोग गर्ने सहयोगहीरुलाई सम्मान तथा बिदाई गरिएको गाउँपालिका अध्यक्षको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ८ : २१ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ