सभापोखरीको स्वास्थ्य शिविरमा एक हजार दुई सय बिरामीले लिए सेवा  « Khabarhub

सभापोखरीको स्वास्थ्य शिविरमा एक हजार दुई सय बिरामीले लिए सेवा 


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

संखुवासभा- संखुवासभाको सभापोखरी गाउँपालिकामा सञ्चालन भएको नि: शुल्क स्वास्थ्य शिविरमा एक हजार दुई सय बिरामीले सेवा लिएका छन्।

सभापोखरी गाउँपालिका सङ्खुवासभाको आयोजनामा र  सहयोगी सँस्था नेपाल नेत्र ज्योती संघ तेजरत्न आँखा अस्पतालको आयोजनामा नाक तथा कान रोग, पाठेघरको क्यान्सर, पाठेघर खसेको लगायत रोगका बिरामीहरूको उपचार गरिएको गाउँपालिका अध्यक्ष भीम बहादुर लिम्बुले जानकारी दिए। 

अध्यक्ष लिम्बुका अनुसार विशेष डाक्टरहरूद्वारा जनरल सेवा तथा मुटु रोग, मधुमेह, उच्च रक्तचाप साथै रगत सम्बन्धी विभिन्न नसर्ने रोगहरूको परिक्षण, दिशा, पिशाब, खकार सहित प्रयोगशाला सम्बन्धी सेवा सञ्चालन साथै सम्बन्धित समस्याको औषधि र ४० वर्ष माथिका उमेर समुहका आखाका बिरामीहरूलाई  चस्मा लगायत सम्पूर्ण उपलब्ध सेवाहरूको निःशुल्क रुपमा वितरण गरिएको बताए। 

धुपु स्वास्थ्य चौकी र बाह्रबिसे स्वास्थ्य चौकीमा भएको शिविरमा जम्मा  १ हजार २ सय  भन्दाबढी बिरामीहरूले सेवा लिएका थिए। स्वास्थ्यकर्मी तथा शिविरमा सहयोग गर्ने सहयोगहीरुलाई सम्मान तथा बिदाई गरिएको गाउँपालिका अध्यक्षको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ८ : २१ बजे

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो