पाकिस्तानी विदेशमन्त्री भारतमा « Khabarhub

पाकिस्तानी विदेशमन्त्री भारतमा


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– सन २०१४ पछि भारतमा पहिलो पटक पाकिस्तानबाट उच्च स्तरीय भ्रमण भएको छ । पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारी बिहीबार भारत भ्रमणमा पुगेका हुन । 

संघाई सहयोग संगठन (एससीओ) को विदेश मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन पाकिस्तानी विदेश मन्त्री जर्दारी भारत पुगेका हुन् । सो सम्मेलन बिहीवार देखी गोवामा जारी छ ।  नौ वर्षपछि भारतमा पाकिस्तानको तर्फबाट यो उच्च स्तरीय राजनीतिक भ्रमण भएको हो । सन  २०१४ मा  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिन पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफ दिल्ली पुगे पछि बिहीवार विदेशमन्त्री जर्दारी भारतको भुमी टेकेका हुन् ।

सन २०१९ मा पुलवामा भएको हमलामा ४० भारतीय सुरक्षाकर्मीको मृत्यु र त्यसको जवाफमा भारतको तर्फबाट पाकिस्तानमा गरेको सर्जिकल स्ट्राइकले दक्षिण एशियाली दुई देशबीच तनावपूर्ण बन्न पुगेको थियो । त्यसमाथी भारतले जम्मु–कश्मीरका लागि धारा ३७० हटाएपछि पाकिस्तानले त्यसको कडा विरोध गर्दै आए पछि तिक्तता झनै बढ्न गएको थियो ।

नौ वर्ष पछि पाकिस्तानी विदेशमन्त्री जर्दारीको भारत भ्रमणलाई विश्वजगतले बिशेष र अर्थपूर्ण रुपमा औँल्याएको छ । पाकिस्तानी विदेश मन्त्रीको भारत भ्रमणले दुवै देश बिचको तिक्तता कम गराउनका लागि नयाँ पहलकदमी हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

पाकिस्तानले पनि बहुपक्षीय बैठकमा सहभागी भएर आफ्नो धारणा राख्नका लागि विदेशमन्त्री जर्दारीको भारत भ्रमण कोशेढुंगा सावित हुने जनाएको छ । विदेशमन्त्री जर्दारीले ट्वीटमार्फत आफ्नो उपस्थितिले एससीओप्रति पाकिस्तानको बलियो प्रतिबद्धता दर्शाएको जनाएका छन्  ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  १० : ०६ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको