पाकिस्तानी विदेशमन्त्री भारतमा | Khabarhub Khabarhub

पाकिस्तानी विदेशमन्त्री भारतमा


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– सन २०१४ पछि भारतमा पहिलो पटक पाकिस्तानबाट उच्च स्तरीय भ्रमण भएको छ । पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारी बिहीबार भारत भ्रमणमा पुगेका हुन । 

संघाई सहयोग संगठन (एससीओ) को विदेश मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन पाकिस्तानी विदेश मन्त्री जर्दारी भारत पुगेका हुन् । सो सम्मेलन बिहीवार देखी गोवामा जारी छ ।  नौ वर्षपछि भारतमा पाकिस्तानको तर्फबाट यो उच्च स्तरीय राजनीतिक भ्रमण भएको हो । सन  २०१४ मा  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिन पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफ दिल्ली पुगे पछि बिहीवार विदेशमन्त्री जर्दारी भारतको भुमी टेकेका हुन् ।

सन २०१९ मा पुलवामा भएको हमलामा ४० भारतीय सुरक्षाकर्मीको मृत्यु र त्यसको जवाफमा भारतको तर्फबाट पाकिस्तानमा गरेको सर्जिकल स्ट्राइकले दक्षिण एशियाली दुई देशबीच तनावपूर्ण बन्न पुगेको थियो । त्यसमाथी भारतले जम्मु–कश्मीरका लागि धारा ३७० हटाएपछि पाकिस्तानले त्यसको कडा विरोध गर्दै आए पछि तिक्तता झनै बढ्न गएको थियो ।

नौ वर्ष पछि पाकिस्तानी विदेशमन्त्री जर्दारीको भारत भ्रमणलाई विश्वजगतले बिशेष र अर्थपूर्ण रुपमा औँल्याएको छ । पाकिस्तानी विदेश मन्त्रीको भारत भ्रमणले दुवै देश बिचको तिक्तता कम गराउनका लागि नयाँ पहलकदमी हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

पाकिस्तानले पनि बहुपक्षीय बैठकमा सहभागी भएर आफ्नो धारणा राख्नका लागि विदेशमन्त्री जर्दारीको भारत भ्रमण कोशेढुंगा सावित हुने जनाएको छ । विदेशमन्त्री जर्दारीले ट्वीटमार्फत आफ्नो उपस्थितिले एससीओप्रति पाकिस्तानको बलियो प्रतिबद्धता दर्शाएको जनाएका छन्  ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  १० : ०६ बजे

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन

चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१