‘मिस्टर एण्ड मिस नेशनल नेपाल २०२३’ मा २१ प्रतियोगी | Khabarhub Khabarhub

‘मिस्टर एण्ड मिस नेशनल नेपाल २०२३’ मा २१ प्रतियोगी


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा सौन्दर्य प्रतियोगिता हुने संख्या बढिरहँदा तेस्रो संस्करणको आयोजनाको तयारीमा रहेको ‘मिस्टर एण्ड मिस नेशनल नेपाल’ मा आकर्षण बढिरहेको आयोजक संस्था सनुर्भी इनटरनेशनल प्रालिले जानकारी दिएको छ । 

काठमाडौंमा प्रतियोगिताबारे जानकारी दिन आयोजित कार्यक्रममा काठमाडौँसँगै इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत छनौट भएका एक सय ७० बाट छत्तीस र त्यसबाट छानिएका एक्काईस जना प्रतियोगीले प्रतिस्पर्धा गरिरहेको नेपाल निर्देशक सन्तोष उपाध्यायले जानकारी दिए । 

उनले अन्तिम प्रतिस्पर्धा हुने प्रतियोगितामा विदेशमा बसोबास गरिरहेका, एनआरएन, सौन्दर्य प्रतियोगिता विजेतासमेत रहेका मिस जर्मनी समा पराजुली, मिस डायमण्ड सरोजी न्यौपाने , मिस सुदूरपश्चिम रोशनी चन्द, मिस पूर्वेली सुपर मोडल सुम्निमा खातुन, मिस टिन रनरअप सुस्मिता अधिकारी, मिस बाग्लुंग सकुना खत्री, हाउस अफ फ्यासन शिशिर वाग्ले, मिस्टर टिन रनरअप साइरस विश्कर्मासमेत प्रतियोगीकै रूपमा प्रतिस्पर्धा गरिरहेको बताए । 

‘मैले आफैँ प्रतियोगीको रूपमा मिस एण्ड मिस्टर सुप्रानेशनलमा सहभागी भएर चौथो स्थानको विजेता बनेपछि अवसरको सिर्जना गर्नुपर्छ भनेर यसलाई नेपालमा सुरु गरेको हुँ । यसप्रति बढिरहेको आकर्षणले थप दायित्व बोध गराएको छ । अन्य प्रतियोगितामा विजेता तथा सहभागी हुनुभएको समेत हाम्रो अन्तिम एक्काइसमा छन्’, नेपाल निर्देशक उपाध्यायले भने, ‘यसपटक मिस ग्लोब र मिस्टर इन्टरनेशनलको शिर्षकसमेत थपेका छौं। हामीले प्रतियोगिता निष्पक्ष होस् भनेर अन्तर्राष्ट्रिय विजेतालाई नै निर्णायकसमेत बनाउने गरेका छौँ ।’

प्रतियोगिताको निर्णायकमा ‘मिस्टर सुप्रानेशनल २०१८’ का विजेता प्रथ्मेश मौलिङ्ग्कार रहेका छन् । उनी आउँदो सोमबार नेपाल आउँदैछन् । यो सौन्दर्य प्रतियोगिता भए पनि यसमा सामाजिक कार्यमा दिएको योगदानसमेत मूल्यांकन हुने प्रावधान रहेको छ। प्रतियोगितामा  पुरुष, महिला, समलिङ्गीसँगै एकल रूपमा जीवन बिताइरहेकाले समेत सहभागिता जनाउन पाउनेछन् । 

प्रशान्त ताम्राकारको कोरियाग्राफी रहने प्रतियोगितामा दुई पुरुष र दुई महिला गरेर चार विजेता छानिनेछन् । जसमध्ये पुरुष विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस्टर सुप्रन्यासनल र मिस्टर इन्टरनेशनलमा सहभागिता जनाउनेछन् भने महिला विजेताले मिस सुप्रन्यासनल र मिस ग्लोबमा सहभागीको अवसर प्राप्त गर्नेछन् । 

अर्थात् विजेताले अन्तर्राष्ट्रिय रूपमा आयोजना हुने चार प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन् । गत वर्षको प्रतियोगितामा निर्णायकको रुपमा ‘मिस्टर सुप्रानेशनल २०२१’ भरो भार्गोस, ‘मिस सुप्रानेशनल २०१९’ एन्टोनियो पोर्सिल्ड र मिस सुप्रानेशनलका आयोजकका क्रिएटिभ डाइरेक्टर आन्द्रे स्ले नेपाल आएका थिए । यसको फिनाले १ जेठमा हुनेछ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  १० : ४४ बजे

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

वासिङ्टन – इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि

दाङमा खोलामा डुबेर एक बालकको मृत्यु

दाङ – दाङस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको

आजका समाचार : छानबिन समिति बनाउने सहमतिदेखी पानीमा डुबेर दुई युवाको मृत्युसम्म

बालुवाटार बैठक : छानबिन समिति बनाउने समझदारी सहकारी ठगी प्रकरणमा

नासाको ‘सुपरसोनिक एक्स- ५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

काठमाडौं– अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक