२५६७औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा बृहत् शान्ति र्‍याली « Khabarhub

२५६७औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा बृहत् शान्ति र्‍याली


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– २५६७औँ बुद्धजयन्तीको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी झकिझकाउ भएको छ । बुद्ध जयन्तीका अवसरमा आज बिहान लुम्बिनीमा बृहत् शान्ति र्‍याली  निकालिएको छ ।

लुम्बिनी विकास कोषले बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८० को लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विशिष्ट व्यक्तिलाई लुम्बिनीमा आमन्त्रण गरेर कार्यक्रमको आयोजना गरेको हो ।

औपचारिक समारोहअघि धार्मिक पूजासँगै ५ नं गेटदेखि मायादेवी मन्दिर हुँदै विभिन्न झाँकीसहित सम्मेलन केन्द्रसम्म शान्ति र्‍याली निकालिएको छ ।

विशेष समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रतिनिधिसभा, प्रदेशसभा सदस्य, स्थानीय सरकार प्रमुख, कूटनीतिक नियोग, विदेशी पाहुनाहरूको उल्लेख्य सहभागिता छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ११ : ३४ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध

सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु

सुनसरी – सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक