२५६७औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा बृहत् शान्ति र्‍याली « Khabarhub

२५६७औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा बृहत् शान्ति र्‍याली


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– २५६७औँ बुद्धजयन्तीको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी झकिझकाउ भएको छ । बुद्ध जयन्तीका अवसरमा आज बिहान लुम्बिनीमा बृहत् शान्ति र्‍याली  निकालिएको छ ।

लुम्बिनी विकास कोषले बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८० को लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विशिष्ट व्यक्तिलाई लुम्बिनीमा आमन्त्रण गरेर कार्यक्रमको आयोजना गरेको हो ।

औपचारिक समारोहअघि धार्मिक पूजासँगै ५ नं गेटदेखि मायादेवी मन्दिर हुँदै विभिन्न झाँकीसहित सम्मेलन केन्द्रसम्म शान्ति र्‍याली निकालिएको छ ।

विशेष समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रतिनिधिसभा, प्रदेशसभा सदस्य, स्थानीय सरकार प्रमुख, कूटनीतिक नियोग, विदेशी पाहुनाहरूको उल्लेख्य सहभागिता छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ११ : ३४ बजे

कर्णालीविरुद्ध पाचौँ विकेट गुमाएपछि सुदूरपश्चिम दबाबमा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत सोमबार जारी दोस्रो खेलमा सुदूरपश्चिम

भुम्लुमा जग्गाधनी पहिचान गर्दै लालपुर्जा दिइँदै

काभ्रेपलाञ्चोक– भुम्लु गाउँपालिकाको दुई वडामा करिब पाँच दशकअघिदेखिको लालपुर्जाको समस्या

लुम्बिनी प्रदेशसभामा जेन-जी आन्दोलनको विषय प्रवेश

लुम्बिनी– लुम्बिनी प्रदेशसभाका सदस्यहरूले जेन-जी आन्दोलनको विषय उठान गरेका छन्

‘जारी २’ को व्यापार कमजोर, ग्रस कलेक्सन ६ करोड पुग्नै मुस्किल

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आएको फिल्म ‘जारी २’लाई

चार विकेट गुमाएपछि कर्णालीविरुद्ध सुदूरपश्चिमको ब्याटिङ संकटतिर

काठमाडौं – नेपाल प्रिमियर लिगअन्तर्गत सोमबारको दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध