पाकिस्तानमा कुख्यात आतङ्कवादी मारिए | Khabarhub Khabarhub

पाकिस्तानमा कुख्यात आतङ्कवादी मारिए


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको प्रहरीले बिहीबार डेरा इस्माइल खान जिल्लामा गरेको कारवाहीमा एक जना मोस्ट वान्टेड आतङ्कवादी मारिएका छन् ।

प्रहरीका अनुसार जिल्लाको फतेह मोर इलाकामा मोहम्मद इकबाल आलिया बाली खियार नाम गरेका आतङ्ककारी साथीसहित मारिएका हुन् ।

प्रहरीको एन्टी टेररिस्ट स्क्वाडका कर्मचारीले आतङ्ककारीलाई घेरेर आत्मसमर्पण गर्न आग्रह गरे पनि प्रहरीमाथि गोली प्रहार गरेपछि दोहोरो गोली हानाहानमा उनीहरू मारिएको प्रहरीले जनाएको छ ।

खैबर पख्तुनख्वा र पञ्जाब प्रान्तहरूले आतङ्कवाद, लक्षित हत्या र फिरौतीका लागि प्रहरी अधिकारी र सर्वसाधारणको अपहरण सम्बन्धी २६ वटा मुद्दामा अत्यधिक खोजीमा रहेका आतङ्ककारीको खोजीका लागि इनामको घोषणा पनि गरिएको थियो।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  १ : ५१ बजे

‘दक्षिण एसियामा आफ्नो राजनीतिक प्रभाव जमाउन पाकिस्तानले आतंककारी संगठनको प्रयोग गर्‍यो’

जेनेभा- पाकिस्तानले दक्षिण एसियामा आफ्नो राजनीतिक प्रभाव विस्तारका लागि भाडाका

बाल सुधारगृहबाट दुई बालकैदी फरार

वीरगन्ज – वीरगन्जस्थित बाल सुधारगृहबाट आज दुई बाल कैदीबन्दी फरार

अरनिको बसपार्क नभत्काउन आदेश

काठमाडौँ – उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिका–३२ स्थित जडीबुटीमा रहेको

आगामी निर्वाचनमा एमालेलाई बहुमतका साथ विजयी गराउनुपर्छ : ओली

मोरङ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी

तनहुँविरुद्ध कास्की ३७ रनले विजयी

कास्की – क्रिकेट खेल विकास र खेलाडीहरूबीच भाइचारा विकास गर्ने