पाकिस्तानमा कुख्यात आतङ्कवादी मारिए « Khabarhub

पाकिस्तानमा कुख्यात आतङ्कवादी मारिए


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको प्रहरीले बिहीबार डेरा इस्माइल खान जिल्लामा गरेको कारवाहीमा एक जना मोस्ट वान्टेड आतङ्कवादी मारिएका छन् ।

प्रहरीका अनुसार जिल्लाको फतेह मोर इलाकामा मोहम्मद इकबाल आलिया बाली खियार नाम गरेका आतङ्ककारी साथीसहित मारिएका हुन् ।

प्रहरीको एन्टी टेररिस्ट स्क्वाडका कर्मचारीले आतङ्ककारीलाई घेरेर आत्मसमर्पण गर्न आग्रह गरे पनि प्रहरीमाथि गोली प्रहार गरेपछि दोहोरो गोली हानाहानमा उनीहरू मारिएको प्रहरीले जनाएको छ ।

खैबर पख्तुनख्वा र पञ्जाब प्रान्तहरूले आतङ्कवाद, लक्षित हत्या र फिरौतीका लागि प्रहरी अधिकारी र सर्वसाधारणको अपहरण सम्बन्धी २६ वटा मुद्दामा अत्यधिक खोजीमा रहेका आतङ्ककारीको खोजीका लागि इनामको घोषणा पनि गरिएको थियो।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  १ : ५१ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन