‘ह्यासट्याग माया’ को छायांकन आगामी सातादेखि हुने « Khabarhub

‘ह्यासट्याग माया’ को छायांकन आगामी सातादेखि हुने


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुरको बुङ्मतीस्थित कार्यविनायक मन्दिरमा चलचित्र ‘ह्यासट्याग माया’ (३ माया) को मुहूर्त गरिएको छ ।

राजीव गुरुङको निर्देशनमा बन्ने चलचित्रमा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिके लगायतको अभिनय रहनेछ । शुक्रबार बिहान सम्पूर्ण कलाकारको उपस्थितिमा मुहूर्त गरिएको हो ।

निर्माण समूहले शुक्रबार बिहान पूजा गर्दै चलचित्रको छायांकन आउँदो साताबाट सुरु गरिने जानकारी दिएको छ । निर्देशक गुरुङ चलचित्रको छायांकन काठमाडौँबाट सुरू भई पोखरा, बर्दिया हुँदै धरानमा सकिने जानकारी दिए ।

‘पैँतालीस दिनको सेड्युल तय गरेर छायांकन सुरु गर्दैछौँ । थ्रिलर विधामा निर्माण हुने चलचित्रमा प्रेमकथा पनि देख्न पाइनेछ’, निर्देशक गुरुङले भने । विदेशबाट फिल्म सम्बन्धी अध्ययन गरेर फर्किनु भएका गुरुङले यो कथामा काम गरेको  भइसकेको छ । ‘यहीँ कथालाई लिएर दर्शकसम्म पुगौँ भन्ने लाग्यो’, निर्देशक गुरुङले भने ।

शर्मिला थापाको निर्माण रहने चलचित्रको कथा मायामै केन्द्रित रहनेछ । अभिनेत्री श्रेष्ठ यसमा शीर्ष भूमिकामा छिन् । उनले एरियल योगा इन्स्टक्टरको चरित्र निर्वाह गर्न प्रशिक्षणसमेत लिएकी थिइन् ।

‘निर्माण समूहको मेहनत र लगाव देखेर नै मैले चरित्र निर्माणमा समय खर्चिएकी हुँ । चलचित्रलाई लिएर उत्साहित छु। केही नयाँ गर्ने प्रयास गर्दै छौँ,’ अभिनेत्री श्रेष्ठले भनिन् ।

चलचित्रमा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्जवल जोशीको छायांकन निर्देशन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको शृंगार रहनेछ । यसमा कार्यकारी निर्मातामा अनुप पौडेल, कास्टिङ निर्देशकमा अर्जुन न्यौपाने, प्रोडक्सन  म्यानेजरमा अरुण रेग्मी र दीलिप पन्त रहेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ३ : ०९ बजे

गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र

प्रधानमन्त्री शाहलाई नेकपाको बधाई, सरकारको कदमप्रति ध्यानाकर्षण

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र

ढोरपाटनमा दोस्रो यामको सिकार सुरु

गलकोट– नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको

भीरबाट लडेर घाइते एक जनाको निधन

अदानचुली– शुक्रबार दिउँसो भीरबाट लडेर गम्भीर घाइते चङ्खेली गाउँपालिका–२ गर्खाका अक

एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी