चक्रबहादुर ठकुरी स्मृति तेक्वान्दो : भिजन र युनिकालाई स्वर्ण « Khabarhub

चक्रबहादुर ठकुरी स्मृति तेक्वान्दो : भिजन र युनिकालाई स्वर्ण


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चक्रबहादुर ठकुरी स्मृति तेक्वान्दोमा पुष्पलाल मेमोरियलकी युनिका खतिवडा र बाल गीताञ्जलीका भिजन तामाङ्गले स्वर्ण पदक जितेका छन् । श्री सुन्दरी माइ तेक्वान्दो डोजाङ्ग, नेपालद्वारा आयोजित प्रतियोगिताको एकल पुम्सेतर्फ महिलामा युनिका तथा पुरुषमा भिजनले स्वर्ण जितेका हुन् ।

प्रतियोगितामा महिलामा नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) की प्रगति कुइकेल दोश्रो तथा शुसंस्कारकी सिजल लामा र चन्द्रागिरीकी सिमानी लामा तेश्रो भए ।

पुरुषमा एनटीएका आयुश ढुंगेल दोश्रो तथा चन्द्रागिरीका लवाङ लामा र आयोजकका आर्दश बुढाथोकी तेश्रो भए ।

गोकर्णेश्वर नगरपालिकाको प्रायोजन तथा गोकर्णेश्वर नगर खेलकुद विकास समिति र गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजनमा भइरहेको प्रतियोगिताको पुरुषतर्फ २० केजीमा एम्बासडरका कविर मगर प्रथम भए । उनले फाइनलमा एनटीएका अर्थ कुइकेललाई पराजित गरे ।

प्रतियोगिताको उद्घाटन संघीय सांसद् सन्तोष चालिसेले गरेका थिए । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ७ : ०२ बजे

काव्यात्मक न्यारेसन शैलीमा पारिवारिक फिल्म ‘श्री बुकुरो’को ट्रेलर सार्वजनिक

काठमाडौं – फागुन १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘श्री

फोहर फाल्नेलाई महानगर प्रहरीले कारबाही गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिका क्षेत्रमा बग्ने बागमती नदी र नदी किनारको

चुनाव प्रचारमा जुटेका रास्वपा उम्मेदवार भ्रष्टाचारमा तानिए, अख्तियारले बयानमा बोलायो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना उम्देवारलाई चुनाव प्रचारमा जुटिरहेका बेला

जेन-जीका नाममा सिंहदरबार आगजनी : चितवनका महेन्द्र गौतम समातिए

काठमाडौं– गत भदौ २४ गते जेन-जीका नाममा भएको प्रदर्शनका क्रममा

समयमै निर्वाचन गरेर मत परिणाम आएपछि घर फर्किन्छु : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचन एकै चरणमा हुने