देश/प्रदेश

उद्योगी व्यापारी आधुनिक बन्नुपर्छ : मन्त्री रिजाल

By खबरहब

May 05, 2023

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगका क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गर्न आग्रह गरेका छन्। चितवन उद्योग सङ्घले आजदेखि यहाँ आयोजना गरेको सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटनका क्रममा बोल्दै उनले आधुनिक प्रविधिबाट उद्योग सञ्चालन गर्नुपर्ने बताए ।

उद्योग र उद्योगीबिना नेपाल बन्न नसक्ने भन्दै उहाँले उद्योग क्षेत्रलाई आधुनिक बनाउनुपर्ने बताएका हुन् । लगानी र व्यावसायिक हिसाबले सस्तो र सहज हुने भएकाले उद्योग क्षेत्रलाई आधुनिक बनाउनुपर्ने बताए । उनले भने, “लगानी गर्न तयार रहनुस् वातावरण बनाउने काम सरकारले गर्छ ।”

उद्योगी व्यवसायीको समस्या समाधान गर्न सरकार तयार रहेको उनको भनाइ थियो । उनले भने, “उद्योगी व्यवसायी आतिनुपर्ने अवस्था छैन ।” सकारले उद्योगीको हितमा काम गर्ने उनले बताए ।

घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिहंले देशको अर्थतन्त्र विषम परिस्थितिमा रहेको भन्दै यसलाई उकास्नु सबैको जिम्मेवारी रहेको बताए। उद्योगी विदेश पलायन हुने स्थितिबाट सरकारले जागाउनु आवश्यक रहेको उनको भनाइ थियो ।