एमालेको प्राथमिकता सत्ता होइन : महासचिव पोखरेल « Khabarhub

एमालेको प्राथमिकता सत्ता होइन : महासचिव पोखरेल


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टीको प्राथमिकता सत्ता नभई मुलुकको समृद्धि भएको बताएका छन् ।

एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत उपत्यका विशेष प्रदेश कमिटीको समीक्षा बैठकको समापन कार्यक्रममा उनले अभियानका क्रममा कतिपय कार्यकर्ताबाट सत्ता गठबन्धनमा हेरफेर ल्याउन सुझाव आए पनि पार्टीका ध्यान त्यतातिर भई पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाउनतिर भएको स्पष्ट गरे । “कुनै पनि पार्टीको बहुमत नपुग्ने वर्तमान ‘हङ’ संसद्बाट जनतालाई साँचो अर्थमा सेवा दिन सकिँदैन ।

“वर्तमान सत्ता गठबन्धन आफ्नै कारणले असफल भएमा संसदीय भूमिकाअनुसार अर्को सरकार दिनुपर्ने अवस्थामा बाहेक एमालेको प्राथमिकता होइन । मुलुकको समृद्धि र विकास हो”, उनले भने । उनले नेकपा कालमा ध्वस्त भएको पार्टीको साङ्गठनिक र वैचारिक लय र विरासतलाई एक हदसम्म उक्त अभियानले फर्काउन सफल भएको बताए।

पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमालेमा आन्तरिक द्वन्द्व, पदलोलुपता, अराजकता र अनुशासनहीनताका कारण पछिल्ला निर्वाचनमा कतिपय स्थानमा पार्टीका कुल पार्टी सदस्य सङ्ख्याभन्दा कम मत खसेका जस्ता घटनाका कारण नेता र कार्यकर्तालाई जनताको भुइँ तहमा सक्रिय तुल्याउन अभियान सञ्चालन गरिएको बताए । उनले पार्टीमा ९० प्रतिशत नेता कार्यकर्ता पेटी बुर्जुवा हुन पुगेकामा चिन्ता व्यक्त गर्दै माक्र्सवादको मार्गदर्शनअनुसार श्रमजीवी वर्गलाई मूल आधार बनाउनुपर्नेमा जोड दिए।

विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेम पराजुलीले मातहतका चार विशेष जिल्ला कमिटीको समीक्षाका आधारमा प्रतिवेदन तयार गरी पार्टीको आउँदो केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिने जानकारी दिए । एमालेको केन्द्रीय कमिटीको बैठक यही वैशाख २९ गते झापामा बस्दैछ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  १० : २१ बजे

विपद् जोखिम न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मनसुनपूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि

सुटिङअघि नै नीताको डेब्यू निर्देशन रहने फिल्म ‘पार्वती’को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं – नायिका तथा निर्मात्री नीता ढुङ्गानको डेब्यू निर्देशन रहने

‘राजा चाहिँदैन’ भन्दै दशौँ लाख अमेरिकी सडकमा

मिनियापोलिस- अमेरिकी आप्रवासन नीतिविरुद्ध बढ्दो असन्तुष्टिबीच अमेरिकामा व्यापक प्रदर्शन भएको

दीपक खड्कालाई पक्राउ पुर्जी नदिई समातिएको सचिवालयको दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री

बैतडीका पाटन र सुर्नयामा निःशुल्क प्रजनन स्वास्थ्य शिविर

दशरथचन्द– बैतडीका दुई पालिकामा प्रजनन स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ