जोखिममा रहेको अरुण तेस्रोको बाँध निर्माणस्थल अनुगमन « Khabarhub

जोखिममा रहेको अरुण तेस्रोको बाँध निर्माणस्थल अनुगमन


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

खाँदबारी – जिल्ला विपद् व्यवस्थापन समितिले सङ्खुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा पहिरो खसेर बनेको तालको स्थलगत अनुगमन गरेको छ ।

निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजनास्थलको बाँध निर्माणस्थलमा गत आइतबार पहिरो खसेपछि झन्डै तीन किलोमिटर ताल बनेको छ । अरुणमा पानीको बहाव बढेको र तालको पानी नघटेपछि जोखिम बढेको गुनासो स्थानीयवासीले गरेपछि विपद् व्यवस्थापन समितिले अनुगमन गरेको हो ।

अरुण तेस्रो आयोजनाले अरुणमा २६ मिटर अग्लो अस्याथी बाँध बनाएर खोला फर्काएको थियो । अरुण थुनिएपछि अरुण तेस्रोमा बाँध निर्माणस्थलको काम ठप्प भएको छ । अझै पनि सुक्खा पहिरो ५० मिटर माथिबाट लगातार खसिरहेको प्रहरीले जनाएको छ ।

टोलीमा सेनाको पूर्वीपृतनापति उपरथी आशबहादुर तामाड र २ नं बाहिनी हिलेका बाहिनीपति सहायक रथी महेशकुमार थापाको पनि सहभागिता थियो । बाँध निर्माणस्थलमा भारतीय कम्पनी जयप्रकाश एशोसिएट्स लिमिटेडले बाँध बनाउने काम गरिरहेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  १० : ५१ बजे

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच