इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल « Khabarhub

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच शनिबार बिहान टेलिफोनमार्फत कुराकानी भएको छ।

इराकी भूमिबाट साउदी अरबको ईस्ट–वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएपछि दुई देशका विदेशमन्त्रीबीच यो वार्ता भएको हो।

इराकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, दुई मन्त्रीबीच क्षेत्रमा विकसित पछिल्ला घटनाक्रम तथा दुवै देशका साझा चासो र सरोकारका विषयमा छलफल भएको थियो।

विज्ञप्तिमा इराक र साउदी अरबबीच निरन्तर सम्पर्क, समन्वय र सहकार्य कायम राख्नुको महत्त्वमा दुवै पक्षले जोड दिएको उल्लेख छ।

आक्रमण इराकी भूभागबाट भएको भनिए पनि साउदी अरबले इराकप्रति आफ्नो समर्थन व्यक्त गर्दै तत्काल कुनै जबाफी कारबाही नगर्ने स्पष्ट पारेको छ। यता, इराकले घटनाको छानबिन गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  ३ : ०५ बजे

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको

एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट 

काठमाडौं– एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा आङगेलु शेर्पाले दिए उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा आङगेलु शेर्पाले उम्मेदवारी