लुम्बिनी क्षेत्रको विकासमा स्थानीय तहसँग सहकार्यका लागि छलफल « Khabarhub

लुम्बिनी क्षेत्रको विकासमा स्थानीय तहसँग सहकार्यका लागि छलफल


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – लुम्बिनी विकास कोषले लुम्बिनी क्षेत्रको विकासको सहकार्यका लागि लुम्बिनी क्षेत्रका स्थानीय तहसँग छलफल अगाडि बढाएको छ। कोषले स्थानीय पालिकासँग बौद्धस्थलको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा सहकार्यका लागि छलफल गरेको हो।

विकास कोषले आगामी आव २०८०-८१ को नीति कार्यक्रममा स्थानीय तहसँग सहकार्यका विषयमा छलफल गर्ने कोषले जनाएको छ। बुद्ध जन्मस्थल लुम्बिनीसँगै बुद्धको गृहनगर तिलौराकोट, अस्तुधातु रहेको रामग्राम र मावली देवदहका पुरातात्विक क्षेत्रको संरक्षण, उत्खनन र प्रवर्द्धनमा स्थानीय तहसँग सहकार्य गर्न छलफल गरिएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए।

आगामी आवको बजेट निर्माणको तयारीको अवस्थामा पुरातात्विक क्षेत्रको उत्खनन्, संरक्षण र प्रवर्द्धनमा उपलब्धिमूलक कामका लागि छलफल फलदायी हुने उनले जनाए। लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानले लुम्बिनीमा बाहिरी क्षेत्रमा पनि पर्यटकलाई आकर्षित गर्ने गरी विकास गर्नुपर्नेमा जोड दिए। रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले रामग्रामको संरक्षण हुन नसकेको भन्दै आफूहरू त्यहाँको विकासका लागि सहकार्य गर्न तयार रहेको बताए।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले लुम्बिनी आउने पर्यटकको बसाइ अवधि लम्ब्याउने गरी कार्यक्रम बनाउनुपर्ने सुनाए। सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र शर्माले सैनामैना क्षेत्रमा रहेका पुरातात्विक क्षेत्रमा उत्खननका लागि सहकार्य गर्न तयार रहेको बताए। लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले स्थानीय तहले पनि आफ्ना सम्पदा क्षेत्रको संरक्षण र प्रवर्द्धनमा बजेट छुट्याउनुपर्ने सुझाव दिए।

लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले लुम्बिनी गुरुयोजना, बृहत्तर लुम्बिनी क्षेत्र र आगामी योजनाका बारेमा प्रस्तुति राखेका थिए। उनले रुपन्देही, कपिलवस्तु र नवलपरासीका बौद्धस्थलको विकासका लागि कोषका तर्फबाट भइरहेका कामको जानकारी गराए।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ६ : १३ बजे

उस्तै छ भविष्य खोज्न विदेशिनेको लर्को (तस्बिरहरू)

काठमाडौं– देशमा नयाँ सरकार आए पनि विदेशिने युवाहरूको लर्को उस्तै

बुढानीलकण्ठ विद्यालय प्रकरणमा विद्यालय र अभिभावक संगठनको स्पष्टीकरण, भ्रामक प्रचार नगर्न आग्रह

काठमाडौं– बुढानीलकण्ठ विद्यालयमा विद्यार्थीमाथि शारीरिक तथा मानसिक यातना दिइएको भन्ने

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी

नेपाल–चीनबीचको सहकार्य र आपसी विश्वासलाई अझ सुदृढ बनाउने छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं– वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले अन्तर्राष्ट्रिय उत्कृष्ट सांस्कृतिक