देशभर तापक्रम बढ्दो क्रममा, तराईमा लू « Khabarhub

देशभर तापक्रम बढ्दो क्रममा, तराईमा लू


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हाल देशभरको अधिकतम र न्यूनतम तापक्रम बढ्दो क्रममा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही भू-भागहरूमा तातो हावा र लू चलिरहेको छ।

बढ्दो गर्मीसँगै तराई क्षेत्रमा दिउँसो तातो हावा लू चलिरहेको छ। तापक्रम उकालो लागेपछि अधिकांश भेगको जनजीवन प्रभावित बन्न थालेको छ।

गर्मी मौसममा खास गरी वैशाखदेखि भदौसम्म तराईमा उष्ण र शुष्क हावा बहन थाल्छ, जसलाई ‘लू’ भनिन्छ। यो समयमा तापक्रम बढेर ४० देखि ४२ सेन्टिग्रेडसम्म पुग्छ।

दिपायल, धनगढी, वीरेन्द्रनगर, नेपालगन्ज, भैरहवा, दाङ, जनकपुर, सिमरा र आसपासका भेगको तापक्रम निकै बढेको छ।

पश्चिमी वायु कमजोर रहेकाले अझै केही दिन तापक्रम बढ्ने महाशाखाले जनाएको छ।

अत्यधिक गर्मी र लूबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ६ : ३३ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले