पाल्पा जीप दुर्घटनामा मृत्यु भएकाको पहिचान खुल्यो | Khabarhub Khabarhub

पाल्पा जीप दुर्घटनामा मृत्यु भएकाको पहिचान खुल्यो


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पाको रैना देवीछहरा गाउँपालिका–८ सत्यवतीस्थित किउरेछेडाँमा आइतबार भएको जीप दुर्घटनामा मृत्यु भएका चार जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ पडेनाका जीप चालक रमेश विक, पाणिनी– १ का श्यामकला परियार, पाणिनी–२ पोखराथोककी सीता गौतम र सोही स्थानका दुई वर्षीय बालक संयोग गौतम रहेका छन् । संयोगको उपचारको क्रममा र अन्यको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु१च ९०२४ नम्बरको जीप आइतबार साँझ दुर्घटना भएको थियो । घटनामा १२ जना घाइते भएका थिए ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । उनीहको बुटवलस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ७ : २७ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले