दुर्घटनाको ५१ घण्टा पछि उडिसामा एक लेनको रेल सेवा सुचारु  « Khabarhub

दुर्घटनाको ५१ घण्टा पछि उडिसामा एक लेनको रेल सेवा सुचारु 


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

उडिसा – रेल दुर्घटना पछि अवरुद्ध उडिसाको रेल सेवा ५१ घण्टा पछि सुचारु भएको छ।

बालासोर जिल्लाको बहंगा बजारमा शुक्रबार भयानक रेल दुर्घटना हुँदा पूर्वी र दक्षिणी भारतलाई जोड्ने रेल सेवा अवरुद्ध भएको थियो।

आइतबार राती मुख्य ट्रंक लाइनबाट क्षतिग्रस्त रेलका कोचहरू हटाइएर दुई वटा ट्र्याकहरू मर्मत गरिएसँगै एक लाइनको रेल सेवा सञ्चालनमा आएको छ।

दुर्घटना लगत्तै घटनास्थलमा पुगेका रेल मन्त्री अश्विनी वैष्णव आफैँ उपस्थित भएर रेल्वे सेवा सुचारु गराएका थिए। ‘यस दुर्घटनामा ज्यान गुमाएका परिवारहरूप्रति म धेरै दुःखी छु। तर हामी यो घटनाको जरासम्म जान्छौँ। दोषी जोसुकै भए पनि कडा भन्दा कडा कारबाही हुन्छ,’ मन्त्री वैष्णवले सञ्चारकर्मीसँग भने, ‘रेल पुनः सञ्चालनमा आएकोमा सबैलाई बधाई छ, अब दोस्रो लाइनबाट पनि रेल सेवा चाँडै सुरु गर्नुपर्छ।’

रेल मन्त्री वैष्णवले दुर्घटनाको  कारण पत्ता लगाइएको र यसको लागि जिम्मेवार व्यक्ति पहिचान गरिएको पनि जनाएका छन्। ‘यो दुर्घटना इलेक्ट्रोनिक इन्टरलकिङ र प्वाइन्ट मेसिनमा गरिएको परिवर्तनका कारण भएको हो,’ रिर्पोटवारे प्रारम्भिक जानकारी दिँदै उनले भने, सोही बिन्दुबाट अनुसन्धान थालिएको छ।’

गत शुक्रबार राति तीनवटा रेल एक आपसमा ठोक्किँदा तीन सय बढीको मृत्यु भइसेको छ एक हजारको हाराहारीमा घाइते भएका छन्।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ८ : १७ बजे

धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण धानखेतीलाई आधुनिक, व्यावसायिक तथा जलवायुमैत्री

उस्तै छ भविष्य खोज्न विदेशिनेको लर्को (तस्बिरहरू)

काठमाडौं– देशमा नयाँ सरकार आए पनि विदेशिने युवाहरूको लर्को उस्तै

बुढानीलकण्ठ विद्यालय प्रकरणमा विद्यालय र अभिभावक संगठनको स्पष्टीकरण, भ्रामक प्रचार नगर्न आग्रह

काठमाडौं– बुढानीलकण्ठ विद्यालयमा विद्यार्थीमाथि शारीरिक तथा मानसिक यातना दिइएको भन्ने

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी