‘उत्पादन वृद्धि र रोजगारी सिर्जनामा सरकारको जोड छ’ « Khabarhub

‘उत्पादन वृद्धि र रोजगारी सिर्जनामा सरकारको जोड छ’


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सम्पूर्ण ध्यान उत्पादन बढाउन र रोजगारी सिर्जना  गर्नेतिर भएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज काठमाडौं विश्वविद्यालय सभाको ९७औं बैठकलाई सम्बोधन गर्दै उनले सबैले मिहेनत गरेर उत्पादन वृद्धि र रोजगारीको वातावरण बनाउने तिर जानु पर्ने बताए । उनले काठमाडौं विश्वविद्यालयले स्वदेशमै रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

प्रधानमन्त्री दाहालले उत्पादित जनशक्तिलाई देशभित्रै खपत गर्ने वातावरण बनाउनका लागि सरकारलाई सहयोग गर्ने जिम्मेवारी विश्वविद्यालयको रहेको बताए । उनले हरेक कुरामा राजनीति मात्र हुँदा देशमा आर्थिक, शैक्षिक र उत्पादनका विषयहरू पछि परेको दाबी गरे । 

उनले भने, ‘जहाँ अनुशासन कायम भयो, जहाँ विकास निर्माणका कामलाई प्राथमिकता दिने भयो, त्यहाँ अनावश्यक राजनीतिक खिचातानी गर्ने ठाउँ नरहने र देशले आर्थिक विकासमा फड्को हान्ने वातावरण रहने रहेछ । यो विभिन्न देशको अनुभवहरू हेर्दा देख्न थाहा पाउन सक्छौँ । उत्पादनको विकास भएर धनी हुँदै गए रोजगारी पनि सोही अनुरूप सृष्टि हुँदै जाने र दक्ष जनशक्ति पनि तयार हुने रहेछ ।’

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  १२ : १४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै