अफगानिस्तानमा एक हजार ५०० मेगावाट विद्युतको आवश्यकता छ : तालिबान | Khabarhub Khabarhub

अफगानिस्तानमा एक हजार ५०० मेगावाट विद्युतको आवश्यकता छ : तालिबान


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानलाई हाल एक हजार ५०० मेगावाट विद्युतको आवश्यकता रहेको तालिबान सरकारको ऊर्जा तथा जल विभागले जनाएको छ । हाल अफगानिस्तानले ७२० मेगावाटसम्म विद्युत् आयात भइरहेको जनाएको छ ।

विभागका प्रवक्ता हिक्मतुल्लाह मैवन्दीले भने, “सामान्यतया हाम्रो आन्तरिक उत्पादन ५६५ मेगावाट छ । सिङ्गो देशलाई एक हजार ४०० देखि एक हजार ५०० मेगावाट विद्युत् आवश्यक पर्छ ।” उनका अनुसार देशमा ५०० मेगावाटभन्दा बढी विद्युत् आन्तरिक स्रोतबाट आपूर्ति भइरहेको छ ।

अफगानिस्तानमा विशेष गरी बाँध प्रणालीमा आधारित विद्युतले धेरै क्षेत्रमा सेवा पु¥याउँदै आएको छ । यहाँका मुख्य विद्युत बाँधहरूमा नागलो, माहिपर, सरोबी, काजाकी, सलमा र दारोन्टा रहेका छन् ।

सन् २००९ मा लगातारको विद्युत अभावका कारण अमेरिकाले काबुलको थर्मल पावर स्टेसनमा ३४ करोड अमेरिकी डलर लगानी गरेको थियो । तथापि, उच्च ईन्धन मूल्यको कारण स्टेशन नियमित रूपमा प्रयोग गरिएको छैन ।

“यो थर्मल पावर स्टेशन सन् २००९ को अन्त्यमा सञ्चालन हुन थालेको थियो । यसको समग्र क्षमता १०५ मेगावाट छ । सामान्यतया हिउँदमा बिजुलीको अभावको चरम समयमा प्रयोग गरिन्छ वा विद्युत लाइनहरू क्षतिग्रस्त भएमा थर्मल पावरको प्रयोग गरिन्छ’ स्टेशनका जनरल डाइरेक्टर अहमद वैस सरगान्दले टोलोन्यूजलाई बताए ।

अफगानिस्तानले प्राकृतिक स्रोत र पानीको ठूलो स्रोत हुँदाहुँदै पनि विद्युत आपूर्तिमा चरम चुनौतीको सामना गरिरहेको छ । यहाँ अधिकांश बिजुली छिमेकी देशहरू, विशेष गरी मध्य एशियाबाट आयात गरिन्छ ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ६ : ०१ बजे

तीनसय बढी विदेशी पर्यटकबाट कञ्चनजङ्घा हिमाल क्षेत्रको भ्रमण

ताप्लेजुङ– पछिल्लो समय ताप्लेजुङस्थित हिमाल (पिक) आरोहण गर्न सुरुवात भएको

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बनाएर नबोलाउनु : शिक्षामन्त्री पुन

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले उद्घाटन र शिलान्यास कार्यक्रममा नबोलाउन

अन्नपूर्ण र मुस्ताङमा पर्यटकको लर्को

म्याग्दी– म्याग्दीस्थित अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु

छठका लागि सजिसजाउ जनकपुरका पोखरी (तस्बिरहरू)

जनकपुर– छठ पर्वका लागि जनकपुरधाममा रहेको पवित्र तीर्थस्थल तथा पोखरी

सूर्यले मानवलाई लगाएको गुन सम्झिने छठ पर्व

काठमाडौँ – छठ पर्व हिन्दू धर्मका सबैभन्दा प्राचीन र आस्थापूर्ण