नेतृत्वले गरेका गलत निर्णयको समर्थन गर्न सकिँदैन : गगन थापा « Khabarhub

नेतृत्वले गरेका गलत निर्णयको समर्थन गर्न सकिँदैन : गगन थापा


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेतृत्वले गरेका गलत निर्णयको समर्थन गर्न नसकिने बताएका छन्। उनले नेतृत्वका गलत निर्णयविरुद्ध आवाज उठाउन सक्नुपर्नेसमेत बताएका छन् ।

दाङको लमहीमा नेपाली कांग्रेस जिल्ला नेतृत्व र स्थानीय जनप्रतिनिधिका लागि आजदेखि आयोजित प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा महामन्त्री थापाले गाली गरेर कांग्रेस अग्लो नहुने तर नेताले गल्ती गर्दा ताली बजाएर मात्रै बसे पार्टी नबन्ने बताए । “अब पनि प्रश्न गर्न सकेनौँ भने गल्ती भएको बेलामा गल्ती भयो भनेर बोल्न सक्नुपर्छ”, उनले भने, “पार्टीको अहित हुने निर्णय भयो भने रोक्न सक्नुपर्छ, पार्टीलाई ठीक ठाउँमा उभ्याउन सक्नुपर्छ ।”

महामन्त्री थापाले गल्ती भएको बेलामा गल्ती भयो भन्न सके र त्यसलाई सच्याउन सके पार्टीलाई ठीक ठाउँमा उभ्याउन सकिने बताए । पार्टीभित्र परम्परागत सोच र चिन्तन हावी भएको उनको भनाइ छ । उनले भने, “हिजोकै चालढालबाट, हिजोकै चरित्रबाट अब पार्टी चल्छ भन्ने ठान्यौँ भने हामीले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।”

नेपाली कांग्रेसलाई बदल्नै पर्ने र कांग्रेसलाई बदल्न सबै बदलिनुपर्ने उनले भने । “पार्टीभित्र माथिदेखि तलसम्म भएका सबै गुट भत्काऔँ”, उनले भने, “पार्टीले दिने टिकटको निर्णय तल्लो तहबाटै निर्णय गरौँ, यही हो बदलिने भनेको ।”

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीले मुलुक आर्थिकरूपमा सङ्कटको अवस्थामा पुगेको उल्लेख गर्दै साधारण खर्च बढ्ने तर पूँजीगत खर्च घट्ने अवस्थाले मुलुकलाई अहित गर्ने बताए ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ९ : ४० बजे

चितवन पुगेर प्रचण्डले भने- कांग्रेसको फुटले निर्वाचनलाई असर गर्दैन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको फुटका

हामीले आधिकारिकता नपाए देशभर आन्दोलन हुन्छ : खड्का

काठमाडौं- निर्वाचन आयोगले विधान अनुरूप आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन

अफगानिस्तानमा खाद्य असुरक्षा : महिला र बालबालिका सबैभन्दा प्रभावित

काबुल– अफगानिस्तानमा कुपोषण सङ्कटले महिला तथा बालबालिकामाथि गम्भीर असर पुर्‍याइरहेको

पूर्णबहादुरले भने : निर्वाचन आयोगले हामीलाई मान्यता नदिए देशभर आन्दोलन गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूलाई

शिक्षामा स्वजागरणको अभ्यास : अभिभावक-विद्यालयले के गर्ने ? 

काठमाडौं– भगवान् गौतमबुद्धको भनाइमा स्वयंलाई चिन्नु वास्तविक शिक्षा हो ।