मेचीनगरमा बढ्यो बाँदर आतङ्क | Khabarhub Khabarhub

मेचीनगरमा बढ्यो बाँदर आतङ्क


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

झापा – जङ्गली हात्ती आतङ्कको सामना गरिरहेका मेचीनगरवासी पछिल्लो समय बाँदर आतङ्कबाट पनि हैरान भएका छन् । मेचीनगर नगरपालिका–७, ८, ११ र १२ का विभिन्न स्थानमा जङ्गलबाट हुलका हुल बाँदर खेतबारीमा पसेर बालीनाली नष्ट गर्न थालेपछि उनीहरू हैरान भएका हुन् ।

रातभरि स्थानीय क्षेत्रका सामुदायिक वनमा बस्ने बाँदर उज्यालो नहुँदै किसानले लगाएको अन्नबाली र फलफूल खान निस्कछन् । यतिबेला बारीमा पाकेको मकै, आँप, आरु र घरमा राखेको अन्नबाली बाँदरबाट स्थानीयवासीलाई जोगाउन समस्या भएको छ । “बारीका मात्र होइन घरभित्रै भण्डारण गरिएको अन्नबालीसमेत जोगाउन नसकिने अवस्था भइसकेको छ”, वडा नं ११ का वडाध्यक्ष योगेश भट्टराईले भने, “कानूनले बाँदर मार्न पाइँदैन । गाह्रो भयो ।” उनले स्थानीयवासीले लगाएको अन्न बाली खाएर बाँदरले हैरान बनाएपछि सामूहिकरूपमा हेरालु राख्ने अभियान चलाउने तयारी गरिरहेको बताए ।

उनले बाँदरको आतङ्कबाट जोगाउन स्थानीयवासीले वडासँगै सुरक्षा मागिरहेको बताए । डिभिजन वन कार्यालय झापाका डिभिजनल वन अधिकृत मेघराज राईले जिल्लामा बाँदर नियन्त्रणका लागि कुनै कार्यक्रम नभएको बताए । बाँदर नियन्त्रणका लागि अहिलेसम्म अपनाएका सबै उपाय दिगो नभएकाले कार्यालयले पनि कुनै ठोस कार्यक्रम नराखेको उनको भनाइ छ ।

सरकारले हात्ती, अर्ना, बाघ, भालु चितुवा, ध्वाँसे चितुवा, अजिङ्गर, हिमचितुवा, गौरीगाई, बँदेललगायत १४ वटा जनावरलाई हानिकारक जनावरको सूचीमा राखेको छ । जसका कारण बाँदरले किसानको अन्नबालीमा क्षति पु¥याए पनि राहत पाउने व्यवस्था नभएको उनले बताए । मेचीनगरमात्र होइन जिल्लाका अधिकांश पालिकामा बाँदरको समस्या छ ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  १० : ३५ बजे

पाकिस्तानसँग तनाव बढ्दै जाँदा भारतका २४ विमानस्थलमा उडान स्थगित

काठमाडौं- भारतले पाकिस्तानसँगको लडाइँपछि उत्तरी क्षेत्रका २४ विमानस्थलमा नागरिक उडानहरू

भारतले पाकिस्तानमाथि आतंकवादविरुद्ध गरेको आक्रमण ‘जायज’ : कांग्रेस

 काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले कश्मिरको पहलगाममा भएको आतंककारी हमलापछि

भारतको पक्षमा उभिने सरकारको निर्णयलाई रास्वपाको समर्थन

काठमाडौं– भारत-पाकिस्तान तनावका बीच नेपाल सरकारले भारतको पक्षमा उभिने निर्णय

भन्सार छलिको सामानसँगै ३ मोटरसाइकल बरामद

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले भन्सार छलीको विभिन्न

विश्वकप एसिया छनोट : नेपाल र हंकङबीचको खेल रद्द

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको