प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमाले संसदीय दलको बैठक बस्दै « Khabarhub

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमाले संसदीय दलको बैठक बस्दै


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । दलको बैठक संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा दिउँसो साढे १ बजेका लागि बोलाइएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर संसदमा निर्वाह गर्नुपर्ने भूमिकाको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक भारत गएको अभिव्यक्ति दिएका थिए।

प्रधानमन्त्रीको उक्त अभिव्यक्ति देशको सार्वभौमिकताविरुद्ध भएको र यसले संसदको मानमर्दन गरेको भन्दै एमालेले दलका तर्फबाट विरोध जनाउन लागेको हो ।
एमालेले आज बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक दुवैमा यो विषयलाई सशक्त रुपमा उठाउने तयारी गरेको छ । 

प्रकाशित मिति : २० असार २०८०, बुधबार  १२ : ०९ बजे

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री

भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग

वीरगञ्ज– वीरगञ्ज युवा समाजले भोटेकोशी बाढीपछि बेपत्ता भएका वीरगञ्ज महानगरपालिका–२७ उदयपुर

मनकामना केबलकारमा जाने सडक भासियो, केबलकार बन्द (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको

चोलेन्द्रशम्शेर पक्राउबारे सरकारलाई जेन-जी अभियन्ताले भने- नाटक र नौटंकी बन्द गर्नुहोस्

काठमाडौं– जेन–जी अभियन्ता माजिद अन्सारीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालतको पक्राउ पुर्जीबिना