बजेटमा प्रतिपक्षी दलका सुझाव समेट्ने बागमती सरकारको निर्णय « Khabarhub

बजेटमा प्रतिपक्षी दलका सुझाव समेट्ने बागमती सरकारको निर्णय


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रतिपक्षी दलले दिएका सुझाव समेट्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सत्तारुढ तथा प्रतिपक्षी दलले उठाएका विषयहरु बजेटमा समावेश गर्ने निर्णय गरेको हो । मङ्गलबार बसेको प्रदेशसभाको बैठकको शून्य समयमा प्रतिपक्षी दलहरु नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले बजेटमा आफ्ना सुझाव नसमेटिएको भन्दै विरोध जनाएका थिए ।

बैठकले डा चन्द्रप्रसाद लुइँटेल र पूर्णबहादुर दर्जीलाई प्रदेश प्रशासन सेवा, एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको छ । साथै पर्यटन उद्योग तथा सहकारी मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजना हेटौँडा र पर्यटन विकास आयोजना, इकाइ कार्यालय, काठमाडौँको म्याद दुई वर्षका लागि म्याद थप्ने निर्णय गरेको छ ।

बैठकले दोलखाको जिरी नगरपालिकामा मानव निर्मित ताल निर्माणका लागि करिब पाँच सय ४१ दशमलव २३ रोपनी व्यक्तिगत जग्गा प्राप्तिका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, दोलखाका प्रमुखलाई जिम्मेवारी दिने निर्णय गरेको आन्तरिक मामिला तथा योजना मन्त्री तथा सरकारका प्रवक्ता गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  २ : ५० बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक