बजेटमा प्रतिपक्षी दलका सुझाव समेट्ने बागमती सरकारको निर्णय | Khabarhub Khabarhub

बजेटमा प्रतिपक्षी दलका सुझाव समेट्ने बागमती सरकारको निर्णय


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रतिपक्षी दलले दिएका सुझाव समेट्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सत्तारुढ तथा प्रतिपक्षी दलले उठाएका विषयहरु बजेटमा समावेश गर्ने निर्णय गरेको हो । मङ्गलबार बसेको प्रदेशसभाको बैठकको शून्य समयमा प्रतिपक्षी दलहरु नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले बजेटमा आफ्ना सुझाव नसमेटिएको भन्दै विरोध जनाएका थिए ।

बैठकले डा चन्द्रप्रसाद लुइँटेल र पूर्णबहादुर दर्जीलाई प्रदेश प्रशासन सेवा, एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको छ । साथै पर्यटन उद्योग तथा सहकारी मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजना हेटौँडा र पर्यटन विकास आयोजना, इकाइ कार्यालय, काठमाडौँको म्याद दुई वर्षका लागि म्याद थप्ने निर्णय गरेको छ ।

बैठकले दोलखाको जिरी नगरपालिकामा मानव निर्मित ताल निर्माणका लागि करिब पाँच सय ४१ दशमलव २३ रोपनी व्यक्तिगत जग्गा प्राप्तिका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, दोलखाका प्रमुखलाई जिम्मेवारी दिने निर्णय गरेको आन्तरिक मामिला तथा योजना मन्त्री तथा सरकारका प्रवक्ता गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  २ : ५० बजे

झापा इनर्जीको आईपीओ दिन अन्तिम दिन 

काठमाडौं– झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)मा आवेदन

हुम्लाका गाउँगाउँमा नेपाल टेलिकमको ‘फोरजी’ सञ्चालनमा

हुम्ला– टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका जिल्लाको चङ्खेली गाउँपालिकामा चौथो

जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा सेवा सुचारु

काभ्रेपलाञ्चोक– हालैको जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी कार्यालयद्वारा आफ्ना सेवालाई

नवनियुक्त मन्त्रीको शपथ साढे ११ बजे शीतल निवासमा : गृहमन्त्री अर्यालको नाममा विवाद

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज

ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस

ताप्लेजुङ– विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ