अनलाइन प्रणालीबाट सवारी चालक अनुमतिपत्रको सेवा सुरु « Khabarhub

अनलाइन प्रणालीबाट सवारी चालक अनुमतिपत्रको सेवा सुरु


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सवारी चालक अनुमतिपत्रको अनलाइन भुक्तानीसहित विद्युतीय माध्यमबाट सेवा प्रणालीको शुभारम्भ भएको छ ।

बुधबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नयाँ सुविधायुक्त सवारी चालक अनुमतिपत्रको अनलाइन प्रणालीको शुभारम्भ गरेका हुन् । नयाँ प्रणालीलाई कास्कीबाट सुरु गरिसकेको र एक महिनाभित्र देशका सबै कार्यालयबाट अनलाइन प्रणालीबाट काम हुने भौतिक पूर्वाधार तथा यातायत व्यवस्थामन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

नयाँ अनलाईन सेवा मार्फत राजस्व भुक्तानीका साथै स्वास्थ्य परिक्षणका सेवा पनि उपलव्ध हुने उनले बताए । सवारी चालक अनुमतिपत्र लिन लामो लाइन लाग्नुपर्ने बाध्यतालाई अन्त्य गर्न पनि अनलाइन सेवाको शुभारम्भ गरिएको मन्त्री ज्वालाले बताए ।

उनले यसको कार्यान्वयनमा सक्रिय रुपमा लाग्ने र यसलाई प्रभावकारी रुप्मा अघि बढाउने जानकारी दिए । सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने लक्ष्यका साथ अन्य विभिन्न निकायमा पनि अनलाईन प्रणाली लागू गर्दै जाने उनको भनाइ छ ।

नयाँ व्यवस्थासँगै बायोमेट्रिक र परिक्षा दिन मात्रै यातायात कार्यालय जानुपर्ने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ५ : ०६ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु