राष्ट्रियसभाको बैठक बिहीबार बस्नेगरी स्थगित « Khabarhub

राष्ट्रियसभाको बैठक बिहीबार बस्नेगरी स्थगित


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बुधबार नै बस्नेगरी स्थगित भएको राष्ट्रियसभाको बैठक पुनः बिहीबार बस्नेगरी स्थगित भएको छ ।

बुधबार दिउँसो २ः३१ बजे बसेको बैठक एमाले सांसदको अवरोधपछि ३ः०१ बजे बस्नेगरी स्थगित भएको बैठक विशेष कारण देखाएर बिहीबार दिउँसो १ः०१ बजे बस्नेगरी समय निर्धारण गरिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।

बुधबार दिउँसो बैठक सुरु भएलगत्तै एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा दिनुपर्ने र अन्यथा बैठक अघि बढ्न नसक्ने बताए ।

आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक–पटक दिल्ली गएको भन्ने अभिव्यक्तिलाई प्रधानमन्त्रीको राजीनामा मागिएको हो । संसदमा एमालेले विरोध गरेको छ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ५ : ४७ बजे

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री

भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग

वीरगञ्ज– वीरगञ्ज युवा समाजले भोटेकोशी बाढीपछि बेपत्ता भएका वीरगञ्ज महानगरपालिका–२७ उदयपुर

मनकामना केबलकारमा जाने सडक भासियो, केबलकार बन्द (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको

चोलेन्द्रशम्शेर पक्राउबारे सरकारलाई जेन-जी अभियन्ताले भने- नाटक र नौटंकी बन्द गर्नुहोस्

काठमाडौं– जेन–जी अभियन्ता माजिद अन्सारीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालतको पक्राउ पुर्जीबिना