सन्धिखर्कको रविचित्र मावि कार्यसम्पादनमा अर्घाखाँचीमै उत्कृष्ट « Khabarhub

सन्धिखर्कको रविचित्र मावि कार्यसम्पादनमा अर्घाखाँचीमै उत्कृष्ट


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – सन्धिखर्क नगरपालिका १ हटारीनेटामा रहेको युवावर्ष जनता रविचित्र माद्यमिक विद्यालय कार्यसम्पादनमा अर्घाखाँचीमै उत्कृष्ट भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको मूल्याँकनमा रविचित्र मावि स्कुलको व्यवस्थापकिय तथा शैक्षिक कार्यमा जिल्लामै उत्कृष्ट ठहरिएको हो ।

कार्यसम्पादनमा उत्कृष्ट भएपछि रविचित्र मा।वि।ले प्रोत्साहन स्वरूप ५ लाख रुपैयाँ पुरस्कार समेत हात पारेको छ । शैक्षिक गुणस्तर वृद्धि र चुस्त व्यवस्थापनमा हौसला मिलोस भन्ने हेतुले सरकारले उक्त राशी प्रदान गर्नेभएको हो ।

पछिल्लो समय सामुदायिक स्कुलको पढाई राम्रो नभएको भनी भैरहेको आलोचनालाई यो मुल्याँकनले गलत सावित गर्दिएको छ । सामुदायिक स्कुलमा आफुहरुले गरेको मिहिनेतको सरकारले गरेको सही मूल्याँकनले आफूहरूलाई उत्साहित बनाएको विद्यालयका प्रधानाध्यापक टेकराज आचार्यको प्रतिक्रिया छ ।

सामुदायिक विद्यालयको मावितर्फ उत्कृष्ट योगदान गर्न सफल रविचित्र मा।वि।मा अहिले ८ सय जना विद्यार्थीले अध्ययन् गर्दै आएका छन् । कक्षा १ देखि ५ सम्म पूर्ण अङ्ग्रेजी माध्यम र ६ देखि ८ सम्म अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पठनपाठन गर्दै आएको यो स्कुलले कक्षा १२ सम्मको पढाई सन्चालन गर्दै आएको प्रधानाध्यापक आचार्यले जानकारी दिए ।

सामुदायिक स्कुलप्रतिको दृष्टिकोण परिवर्तन नहुदा र सबैलाई एउटै श्रेणीमा राख्दा विश्वास दिलाउन निकै कठिन परेको उनको भनाइ छ । कक्षा १ देखि १० सम्म प्रत्येक कक्षामा शेक्सन बाडेर पढाउदै आएको रविचित्रले ९ जना निजिस्रोतका शिक्षकबाट समेत पठनपाठन गराउदै आएको छ ।

हटारीनेटामा रहेको यो स्कुलमा सन्धिखर्कको अलवा, चुत्राबेसी, ढिकुरा, नुवाकोट, खाचिकोट, नरपानी, वाङ्गला, डिभर्ना, अर्घा, किमडाडा लगायतका स्थानबाट समेत विद्यार्थी पढ्न आउने गरेको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ८ : ०९ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान