पाकिस्तानमा अगस्ट ९ मा संसद विघटन हुने | Khabarhub Khabarhub

पाकिस्तानमा अगस्ट ९ मा संसद विघटन हुने


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानको संसद अगस्ट ९ मा विघटन हुने भएको छ । प्रधानमन्त्री शाहबाज सरिफले सो घोषणा गरेका हुन् ।

गत बिहीबार सांसदहरुको सम्मानमा रात्रिभोजको आयोजना गरिएको थियो, जहाँ शाहबाजले सांसदहरूलाई भेटेका थिए । सो क्रममा देशको राजनीतिक अवस्थाका बारेमा छलफल भएको थियो । सांसदहरुको भेटपछि मात्र प्रधानमन्त्री शाहबाजको तर्फबाट संसद भंग गर्ने घोषणा गरिएको थियो ।

मिडिया रिपोर्टका अनुसार शाहबाजले सांसदहरूबाट सुझाव मागेका थिए र कार्यवाहक प्रधानमन्त्री र कार्यवाहक सेटअपको व्यवस्थाको बारेमा कुरा गरेका थिए। 

अगस्ट ९ मा प्रधानमन्त्री शाहबाजले संसद भंग गर्न राष्ट्रपतिलाई औपचारिक सुझाव पठाउने छन् । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले ४८ घण्टाभित्र प्रस्तावमा हस्ताक्षर गर्नुपर्नेछ । कुनै कारणवश त्यसो नगरे संसद स्वतः विघटन हुन्छ ।

प्रधानमन्त्री शाहबाज सरिफले विपक्षीसँग तीन दिनसम्म वार्ता गर्ने आश्वासन दिएका छन् । यो छलफलपछि मात्र कार्यवाहक प्रधानमन्त्रीको नाम राष्ट्रपतिसमक्ष हस्तान्तरण हुनेछ । 

यद्यपि कुनै सहमति हुन सकेन भने पाकिस्तानको निर्वाचन आयोगले प्रस्तावित नामहरू मध्ये एकलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा चयन गर्नेछ। पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको विपक्षीले लामो समयदेखि चुनावको माग गर्दै आएका छन् ।

गत वर्ष अप्रिलमा अविश्वास प्रस्तावमार्फत इमरान खानलाई प्रधानमन्त्री पदबाट हटाइएको थियो । विपक्षी दलहरूले संसदमा इमरानविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए । 

इमरानले अर्थतन्त्र र विदेश नीतिलाई राम्ररी सम्हाल्न नसकेको उनको आरोप थियो । त्यसपछि विपक्षी दलको गठबन्धन मिलेर सरकार गठन भयो । यो सरकारमा शाहबाज सरिफलाई प्रधानमन्त्री बनाइएको थियो।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ६ : ३६ बजे

शैजला आचार्य हृदयरोग केन्द्र सञ्चालन गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आगामी एक महिनाभित्र शैलजा

सुन्तला उत्पादन बढेपछि किसान उत्साहित

धरान– सुन्तलाको उत्पादन बढेसँगै पूर्वी पहाडका किसान उत्साहित भएका छन्

वातावरण जोगाउन सिसाको घरदेखि अर्गानिक खेतीसम्म

काठमाडौं उपत्यका भन्नासाथ धुलो, धुवाँ, प्रदूषणका विषयले अत्यधिक चर्चा पाउने

दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं– दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ स्थित कमलादेवी माध्यमिक विद्यालयका दुई शिक्षक