इथोपियामा सुरक्षा बल र मिलिशिया लडाकुबीच झडप, संकटकाल घोषणा « Khabarhub

इथोपियामा सुरक्षा बल र मिलिशिया लडाकुबीच झडप, संकटकाल घोषणा


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

इथोपिया– इथियोपियाको अम्हारा प्रान्तमा संघीय सुरक्षा बल र स्थानीय मिलिशिया लडाकुहरूबीचको हिंसात्मक झडप जारी छ । जसका कारण स्थिति तनावपूर्ण बनेको छ ।

हालको बिग्रँदै गएको अवस्थालाई ध्यानमा राख्दै इथियोपियाको संघीय सरकारले अम्हारा क्षेत्रमा शुक्रबार संकटकाल घोषणा गरेको छ । सरकारको यो निर्णयअघि देशका उपप्रधानमन्त्री डेमेके मेकोनले  तनाब स्थितिले गम्भीर रूप लिइरहेको बताएका थिए ।

संकटकाल घोषणा हुनुअघि उप प्रधानमन्त्रीले बुधबार शान्तिपूर्ण समाधानका लागि वार्ता गर्न आह्वान गरेका थिए । तर, उनको आह्वानको खासै प्रभाव नदेखिए पछि संकटकाल घोषणा गरिएको हो ।

स्थानीय नेताले नियमित कानून प्रवर्तनले हिंसा रोक्न सक्षम नभएको बताए पछि प्रधानमन्त्रीको कार्यालयले शुक्रबार संकटकाल लगाउने निर्णयको घोषणा गरेको हो । तर, प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा अम्हारामा मात्र लागू हुने कि देशभर लागू हुने भन्नेबारे भने केही बताइएको छैन ।

सरकारले जारी गरेको विज्ञप्तिमा यो गतिविधिबाट राष्ट्रिय सुरक्षा र सार्वजनिक शान्तिमा दिनप्रतिदिन खतरा बढ्दै गएको उल्लेख गरिएको छ ।

यस हप्ताको सुरुमा इथियोपियाको दोस्रो सबैभन्दा धेरै जनसंख्या भएको प्रान्तमा ‘फानो मिलिशिया’ र इथियोपियन नेशनल डिफेन्स फोर्स बीचको हिंसात्मक झडप भएको थियो । जसले संकटको स्थिति निम्त्याएको थियो । मिडिया रिपोर्टका अनुसार हालै सरकारले ‘फानो’ भनेर चिनिने मिलिशियालाई हतियार विसाउन बाध्य पार्ने प्रयास गरे लगत्तै तनाव बढेको हो ।

अहिले तनावलाई मध्यनजर गर्दै दुई लोकप्रिय पर्यटकीय सहर लालिबेला र गोन्डरको उडान स्थगित गरिएको छ । हिंसा रोक्न प्रदेशमा इन्टरनेट बन्द गरिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ८ : ५७ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको