रुसी बन्दरगाहमा युक्रेनको ड्रोन हमला « Khabarhub

रुसी बन्दरगाहमा युक्रेनको ड्रोन हमला


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

किभ– युक्रेनले रुसी बन्दरगाहमा ड्रोन आक्रमण गरेको छ । सो आक्रमणमा परी रुसी युद्धपोतमा क्षति पुगेको छ । विदेशी मिडियाका अनुसार युक्रेनले आक्रमणको पुष्टि गरेको छ ।

आक्रमणका कारण केही घण्टासम्म समुद्री यातायात प्रभावित भएको थियो । रुस–युक्रेन द्वन्द्वको १८ महिनामा पहिलो पटक व्यापारिक रुसी बन्दरगाहलाई निशाना बनाइएको हो ।

विदेशी सञ्चारमाध्यमका अनुसार रुसको ब्ल्याक सी पोर्ट नौसेनाको आधार हो। त्यहाँ एक जहाज निर्माण यार्ड र एक तेल टर्मिनल पनि छ। निर्यातका लागि बन्दरगाह महत्वपूर्ण छ ।

यो क्रिमिया र युक्रेन को लगभग ११० किलोमिटर पूर्व स्थित छ। युक्रेनको सुरक्षा सेवाका एक अधिकारीले उक्त हमला देशको नौ सेना र सुरक्षा सेवाले संयुक्त रुपमा गरेको बताए ।

जसका कारण रुसी नौसेनाको अवतरण जहाज ओलेनेगोर्स्की गोर्न्याकमा क्षति पुगेको छ । आक्रमणको कारण सो रूसी युद्धपोत अब कुनै पनि लडाई अपरेसनमा संलग्न हुन सक्दैन।

यसअघि बुधवार रूसी ड्रोनले युक्रेनको ओडेसामा खाद्य केन्द्रहरूमा ठूलो क्षति पुर्‍याएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ९ : ५४ बजे

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

काठमाडाैं – गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण

बाढीपछि चीनतर्फ हराइरहेका ९८ नेपालीको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं- गत बुधबार भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको प्रभाव नेपालमा

प्रधानमन्त्री बालेनले भने : प्रत्येक नागरिकको जीवनरक्षामा सरकार प्रतिबद्ध छ

काठमाडाैं – भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको पाँचौँ

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन – भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार प्रयास तीव्र, रातभर उत्खनन गरिने

नुवाकोट – गत भदौ १० गते आएको भीषण बाढीका कारण