पाकिस्तानमा नव दुलहादुलहीको गोली हानी हत्या | Khabarhub Khabarhub

पाकिस्तानमा नव दुलहादुलहीको गोली हानी हत्या


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


723
Shares
  • change font
  • change font
  • change font

लाहौर– पाकिस्तानको पञ्जाब प्रान्तमा एक नवविवाहित जोडीको गोली हानी हत्या भएको छ । गत बुधवार बिहान अपरिचित व्यक्तिले घरभित्र पसेर नवविवाहित जोडीलाई गोली हानेर हत्या गरेको प्रहरीले हालै जनाएको छ ।

प्रहरीले यो घटनालाई अनर किलिंगसँग जोडेर हेरिरहेको छ । वास्तवमा लाहोरबाट ६० किलोमिटर टाढा कसुर जिल्लाको फुलनगरमा बस्ने जुल्फिकारले केही साताअघि शगुफ्ता बीबीसँग विवाह गरेको तर जुल्फिकारशगुफ्ता बीबीको परिवार यो विवाहका लागि तयार थिएनन् भन्ने प्रहरीको भनाइ छ । यस्तो अवस्थामा दुवैले परिवारको सहमति नभए पनि विवाह गरेका थिए ।

प्रहरीले बालिकाको परिवारले उनको रोजाइको विरोध गरेको दाबी गरेको छ । वास्तवमा शगुफ्ताको परिवारले उनको विवाह आफन्तसँग गरून् भन्ने चाहना थियो, जुन परिवारले मिलाएको थियो तर केही साताअघि उनी आफूले माया गर्ने जुल्फिकारसँग भागिन् । घरबाट भागे पछि दुवैले अदालतमा विवाह गरेको परिवारलाई थाहा भयो । त्यसपछि उनीहरूको हत्या गरिएको बताइएको छ ।

प्रहरीले शगुफ्ताका बुवा र भाइविरुद्ध एफआईआर दर्ता गरेको छ । साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । एक मानव अधिकारकर्मीलाई उद्धृत गर्दै पत्रिका डनले आफ्नो प्रतिवेदनमा देशमा हरेक वर्ष करिब एक हजार महिलाको इज्जतको नाममा हत्या हुने गरेको जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ११ : ४१ बजे

मौद्रिक नीतिपछिको पुँजी बजार : नेप्से परिसूचकमा ३१ अङ्कको सुधार

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक भएपछिको

बालेनले सुनाए काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम

काठमाडौं- काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै

तराईलाई सुक्खा क्षेत्र घोषणा गरेर राहतका कार्यक्रम ल्याउन माग

काठमाडौं– असारको अन्तिम सातासम्म पनि मधेसका केही जिल्लामा वर्षा नहुँदा

कञ्चनपुरका राना थारु गाउँमा सावन डोलाको रौनक

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीस्थित राना थारु समुदायका महिलाले सावन

काठमाडौं महानगरको नगरसभा : आगामी वर्षको बजेट ल्याइँदै (लाइभ)

काठमाडौं– काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै