पाकिस्तानमा नव दुलहादुलहीको गोली हानी हत्या « Khabarhub

पाकिस्तानमा नव दुलहादुलहीको गोली हानी हत्या


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


723
Shares
  • change font
  • change font
  • change font

लाहौर– पाकिस्तानको पञ्जाब प्रान्तमा एक नवविवाहित जोडीको गोली हानी हत्या भएको छ । गत बुधवार बिहान अपरिचित व्यक्तिले घरभित्र पसेर नवविवाहित जोडीलाई गोली हानेर हत्या गरेको प्रहरीले हालै जनाएको छ ।

प्रहरीले यो घटनालाई अनर किलिंगसँग जोडेर हेरिरहेको छ । वास्तवमा लाहोरबाट ६० किलोमिटर टाढा कसुर जिल्लाको फुलनगरमा बस्ने जुल्फिकारले केही साताअघि शगुफ्ता बीबीसँग विवाह गरेको तर जुल्फिकार र शगुफ्ता बीबीको परिवार यो विवाहका लागि तयार थिएनन् भन्ने प्रहरीको भनाइ छ । यस्तो अवस्थामा दुवैले परिवारको सहमति नभए पनि विवाह गरेका थिए ।

प्रहरीले बालिकाको परिवारले उनको रोजाइको विरोध गरेको दाबी गरेको छ । वास्तवमा शगुफ्ताको परिवारले उनको विवाह आफन्तसँग गरून् भन्ने चाहना थियो, जुन परिवारले मिलाएको थियो तर केही साताअघि उनी आफूले माया गर्ने जुल्फिकारसँग भागिन् । घरबाट भागे पछि दुवैले अदालतमा विवाह गरेको परिवारलाई थाहा भयो । त्यसपछि उनीहरूको हत्या गरिएको बताइएको छ ।

प्रहरीले शगुफ्ताका बुवा र भाइविरुद्ध एफआईआर दर्ता गरेको छ । साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । एक मानव अधिकारकर्मीलाई उद्धृत गर्दै पत्रिका डनले आफ्नो प्रतिवेदनमा देशमा हरेक वर्ष करिब एक हजार महिलाको इज्जतको नाममा हत्या हुने गरेको जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ११ : ४१ बजे

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि

युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट

सियोल– युक्रेनले रुसका लागि लडिरहेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका