मधेसलाई सुख्खा क्षेत्र घोषणा गर्न जनमत पार्टीको माग « Khabarhub

मधेसलाई सुख्खा क्षेत्र घोषणा गर्न जनमत पार्टीको माग


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनमत पार्टीले मधेसलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत उपलब्ध गराउन माग गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज ज्ञापनपत्र बुझाउँदै जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले सुकेका बालीनालीको उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे ।

सो पार्टीले खडेरीसहितका प्राकृतिक प्रकोपको दिगो नियन्त्रणका योजना बनाएर सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

जनमतले वीरगञ्जसहितका सुख्खा क्षेत्रका जनतालाई घरघरमा खानेपानीको व्यवस्था गर्न, सिँचाइका लागि प्रयोग गरिएको बिजुली निःशुल्क गर्न र पानीको अभावले बिरामी परेका नागरिकको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेको छ ।

यस वर्ष तराई–मधेसमा अन्यन्त न्यून वर्ष भएर खडेरी परेको छ । भूमिगत जलाधार स्रोतसमेत सुकेका कारण मधेसका जिल्लामा सिँचाइको अभावका साथै खानेपानीकोसमेत हाहाकार मच्चिएको उपाध्यक्ष खानले बताए ।

खानेपानीका परम्परागत स्रोत इनार र चापाकल सुकेर पानी नआउँदा वीरगञ्जलगायतका स्थानमा पिउने पानीको ठूलो समस्या परिरहेको उनले जानकारी दिए ।

खडेरीका कारण तराई–मधेसको जनजीवन प्रभावित भएको उल्लेख गर्दै उनले पानी नपर्दा तथा सिँचाइको व्यवस्था नहुँदा किसानले धानखेती लगाउन नसकेको बताए । मधेका अधिकांश खेत बाँझै रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ११ : ५१ बजे

सरकारसँगको समन्वयमा काम गरिरहेका छौँ : मुख्यमन्त्री थापा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् व्यवस्थापन, राहत

‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युतका टनेलमा खोज जारी रहन्छ : नेपाली सेना

काठमाडौं– नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक

रसुवा बाढीपीडितलाई कांग्रेसको एक करोड राहत

काठमाडौं– नेपाली कांग्रेसले  रसुवा बाढीपीडितका लागि आर्थिक सहयोग गरेको छ

राहत वितरणमा पीडितको गोपनीयता कायम गर्न आग्रह

काठमाडौं– समाज कल्याण परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

इन्द्रजात्राको तयारी : मजिपा लाखे आजु र झ्यालिन्चाको मुखौटा निकालियो (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्राको तयारीस्वरूप एकादशीको अवसरमा सोमबार श्री मजिपा लाखे आजु र