गुरुहरुका गुरुबाट भक्तपुरका वैद्य सम्मानित  « Khabarhub

गुरुहरुका गुरुबाट भक्तपुरका वैद्य सम्मानित 


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– गुरुहरूका गुरुका रुपमा देश विदेशसम्म शिक्षक, शिक्षा, र समग्र शिक्षा प्रणालीको ज्योति फैलाउन प्रतिवद्ध भएको भन्दै भक्तपुरका शिक्षाविद् प्राध्यापक पृथ्युचरण वैद्यलाई सम्मान गरिएको छ ।

नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुऱ्याएका भक्तपुरका शिक्षाविद् प्राध्यापक खाद्यलाई घरमै पुगेर सम्मान गरिएको छ । नेपाल शिक्षाशास्त्री समाजले वैद्यको घर भक्तपुर पुगेर सम्मानपत्र वितरण गरेका हुन् । पोखरा विश्वविद्यालयका उपकुलपति एव समाजका अध्यक्ष प्रा.डा प्रेमनारायण अर्याल, प्रा.डा तीर्थराज पराजुली र अर्का प्रा.डा बासुदेव काफ्लेले संयुक्त रुपमा सम्मानपत्र वितरण गरेका हुन् । 

प्राध्यापक वैद्य उमेरका कारण हाल घर बाहिर निस्कन सक्नुहुन्न । यही कारण उनलाई घरमै पुगेर सम्मानपत्र वितरण गरिएको हो । प्राध्यापक वैद्यको जन्म १९४० विक्रम सम्वत्मा भक्तपुरमा भएको थियो । 

विक्रम सम्वत् २०२० सालदेखि शिक्षा क्षेत्रमा समर्पित भएर लागेका उनी जीवनको सम्पूर्ण समय शिक्षा क्षेत्रमै समर्पित थिए । उनी त्रिभुवन विश्वविद्यालय शिक्षाशाश्त्रको डीन हुँंदै विक्रम सम्वत् २०६० सालमा सेवा निवृत भएका थिए ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  १२ : २९ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने