धादिङमा फैलिँदै आँखा पाक्ने रोगको सङ्क्रमण  | Khabarhub Khabarhub

धादिङमा फैलिँदै आँखा पाक्ने रोगको सङ्क्रमण 


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

मलेखु– धादिङमा केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमण फैलिन थालेको छ । जिल्ला सामुदायिक आँखा केन्द्रमा दैनिक ७० जनाभन्दा बढी बिरामी आँखा जचाँउन आउने गरेका छन् । उपचारका लागि आउनेमध्ये ४० देखि ४६ जनामा आँखा पाक्ने समस्या भेटिएको छ । 

एक्कासी आँखा रातो हुने, पोल्ने, घाममा हेर्न नसक्ने समस्या लिएर आउने बिरामीको सङ्ख्या एक सातादेखि झन्डै दोब्बरले बढेको केन्द्रका नेत्र अधिकृत डा रामसिंह तामाङले बताए। ‘दैनिक आँखा पाक्ने समस्या लिएर आउने बिरामीको सङ्ख्या बढिरहेको छ । समुदायस्तरमा यसको सङ्क्रमण फैलिसकेको छ’, उनले भने, ‘बालबालिका र युवामा यो समस्या बढी देखिएको छ ।’

आँखा पाक्ने रोग उपचारका लागि विभिन्न सरकारी, निजी अस्पताल तथा क्लिनिकमा बिरामीको चाप बढेको तामाङले बताए । प्रदूषित हावा र मौसमका कारण यसको सङ्क्रमण फैलिरहेको चिकित्सकको भनाइ छ ।

यसबाट बच्न सङ्क्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, कपडा, ओछ्यानलगायत सामान अरुले प्रयोग नगर्ने, पटकपटक हातमुख धुने, सङ्क्रमित व्यक्तिको नजिक नजाने, कालो चश्मा लगाउने, आँखा जाँच गराएर चिकित्सकको परामर्शअनुसार औषधिको प्रयोग गर्नुपर्ने नेत्र अधिकृत डा तामाङले सुझाव दिए । ‘धुवाँधुलोबाट जोगिन सकियो भने पनि घरमा बसेर यो रोगबाट बच्न सकिन्छ’, उनले भने ।

हाल जिल्ला सदरमुकाम धादिङबेँसी आसपासमा यसको सङ्क्रमण बढी देखिएको छ । विद्यालयका बालबालिकामा समेत यो रोग फैलिइसकेकाले सचेत रहन चिकित्सकले आग्रह गरेका छन् । जिल्लामा खनियाबास, गजुरी, ज्वालामुखी, सल्यानटारलगायत पालिकामा आँखा केन्द्र सञ्चालनमा छन् ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  १ : ४० बजे

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

तनहुँ– बन्दिपुर गाउँपालिका-१ नाहालास्थित सडकमा बा.प्र ०६-००१ प ९२३३ नम्बरको मोटरसाइकललाई ग.२

सामाजिक सञ्जाल प्रतिबन्धकै बीच फिल्म ‘माइतीघर’को गीत सार्वजनिक गर्दै निर्माता रोहित

काठमाडौं – सरकारले फेसबुक र युट्युबलगायतका २६ सामाजिक सञ्जालमा प्रतिबन्ध

टीसीएलको दशैँ–तिहार अभियानले ल्यायो उत्सवको रौनक !

काठमाडौं– नेपालका लागि टीसीएलको आधिकारिक वितरक सीजि इलेक्ट्रोनिक्सले प्रतिक्षित ‘ग्रेटनेस

दशैँमा घर जाने टिकट उधारोमा बुकिङ, सरकार र महासङ्घले खुलाउनै बाँकी

काठमाडौँ – नेपालीहरूको सबैभन्दा ठूलो चाड दशैँको घटस्थापना आउन (भदौ

२३ औं एकेएफ यु–२२ कराते च्याम्पियनसिपमा नेपाललाई २ कांस्य

काठमाडौं– नेपालले २३ औं एकेएफ यु–२२ कराते च्याम्पियनसिपमा २ कांस्य