अदालतद्वारा इमरान खानलाई तीन वर्षको कारावास सजाय, पक्राउपछि जेल लगियो « Khabarhub

अदालतद्वारा इमरान खानलाई तीन वर्षको कारावास सजाय, पक्राउपछि जेल लगियो


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफ पार्टीका अध्यक्ष इमरान खानलाई तीन वर्षको जेल सजाय सुनाइएको छ ।

पाकिस्तानको राजधानी इस्लामावादमा रहेको ट्रयाल कोर्टले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा उनलाई तीन वर्षको जेल सजाय सुनाएको हो । उनलाई १ लाख पाकिस्तानी रुपैयाँ बराबरको जरिवानाको सजाय पनि सुनाइएको छ ।

अदालतको आदेशलगत्तै उनलाई पक्राउ गरिएको पाकिस्तानी अखबार डनको अनलाइन संस्करणले जनाएको छ । उनी पाकिस्तानको लाहोर सहरमा रहेको जमान पार्कबाट पक्राउ परेका हुन् ।

उनलाई कोत लखपत जेल लगिएको पाकिस्तान तहरिक ए इन्साफले ट्विटरमार्फत जानकारी दिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  २ : २३ बजे

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)