अदालतद्वारा इमरान खानलाई तीन वर्षको कारावास सजाय, पक्राउपछि जेल लगियो « Khabarhub

अदालतद्वारा इमरान खानलाई तीन वर्षको कारावास सजाय, पक्राउपछि जेल लगियो


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफ पार्टीका अध्यक्ष इमरान खानलाई तीन वर्षको जेल सजाय सुनाइएको छ ।

पाकिस्तानको राजधानी इस्लामावादमा रहेको ट्रयाल कोर्टले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा उनलाई तीन वर्षको जेल सजाय सुनाएको हो । उनलाई १ लाख पाकिस्तानी रुपैयाँ बराबरको जरिवानाको सजाय पनि सुनाइएको छ ।

अदालतको आदेशलगत्तै उनलाई पक्राउ गरिएको पाकिस्तानी अखबार डनको अनलाइन संस्करणले जनाएको छ । उनी पाकिस्तानको लाहोर सहरमा रहेको जमान पार्कबाट पक्राउ परेका हुन् ।

उनलाई कोत लखपत जेल लगिएको पाकिस्तान तहरिक ए इन्साफले ट्विटरमार्फत जानकारी दिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  २ : २३ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण