उत्तराखण्ड पहिरो अपडेट : तीन नेपालीको पहिचान खुल्यो « Khabarhub

उत्तराखण्ड पहिरो अपडेट : तीन नेपालीको पहिचान खुल्यो


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ । कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो । 

भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका अनुसार कालिकोट घर भई गौरीकुण्ड क्षेत्रमा काम गर्ने तीन जनाको उनीहरूका आफन्तबाट पहिचान खुलेको हो । ‘घटनास्थलमै रहेका आफन्तबाट तीन शवको पहिचान खुलेको हो’, नयाँ दिल्लीबाट रासससित कुरा गर्दै उनले भने । 

घट्नास्थल वरपर सयौँ नेपाली नागरिक घोडा चालकका रुपमा, स-साना होटल सञ्चालन तथा अन्य मजदुरी गरेर बस्दै आएका वरिष्ठ प्रहरी उपरीक्षक चर्तुवेदीले भने । बेपत्ताको खोजीका लागि भारतीय पक्षसित समन्वय भइरहेको उनले जानकारी दिएका छन् । बिहीबार रातिदेखि परेको वर्षाका कारण रूद्रप्रयागको गौरीकुण्डमा पहिरो जाँदा १३ नेपालीसहित १९ जना बेपत्ता भएका थिए । बेपत्ताको खोजी जारी छ ।  

उक्त क्षेत्रमा लामो समयदेखि नेपाली नागरिक परिवारका अन्य सदस्यसहित काम गर्दै आएका छन् । सो स्थानमा नेपाली नागरिकले सञ्चालन गरेका तीन होटल पहिरोले बगाएको बताइएको छ । बेपत्ताको खोजीका लागि नयाँ दिल्लीस्थित दूतावासमार्फत पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  २ : ५९ बजे

नेता मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा

काठमाडौं– वामनेता विष्णुबहादुर मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा आएको छ । 

कम्बोडियाद्वारा थाइल्यान्डलाई वार्ता गर्न आग्रह

न्होम्पेन- लामो समयदेखि विवादित रहँदै आएको सीमाक्षेत्रमा पुनः तनाव बढिरहँदा

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा

आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन् – मृत्युलाई जोडेर व्यङ्ग्य

काठमाडौं – भारतीय गायिका आशा भोसलेले ०७६ पुसमा गरेको नेपाल

दुईदिने बिदाले अस्पतालका सेवाग्राही मारमा; मन्त्रालय भन्छ- सेवा दिनुपर्छ, चिकित्सक भन्छन्- सकिँदैन

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा बढ्दो कच्चा तेलको मूल्य र वैदेशिक मुद्रा