पार्टीका अग्रज नेताहरूका बारे जन-मानसमा जानकारी गराउनुपर्छ : सभापति देउवा  « Khabarhub

पार्टीका अग्रज नेताहरूका बारे जन-मानसमा जानकारी गराउनुपर्छ : सभापति देउवा 


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीका अग्रज नेताहरूका बारेमा जन-मानसमा जानकारी गराउनुपर्नेमा जोड दिएका छन् ।

सूर्यप्रसाद उपाध्याय स्मृति प्रतिष्ठानले कांग्रेसका संस्थापक महामन्त्री स्वर्गीय सूर्यप्रसाद उपाध्यायको ३९ औं स्मृति सप्ताहको अवसरमा शनिबार काठमाडौंमा आयोजना गरेको सभामा सभापति देउवाले मुलुकको परिवर्तन र पार्टी स्थापनामा भूमिका खेलेका अग्रज नेताहरूको बारेमा अध्ययन र अनुसन्धान गरि जनमानसमा जानकारी गराउनुपर्नेमा जोड दिएका हुन् ।

सभापति देउवाले पुराना नेता सूर्यप्रसाद उपाध्यायलाई पहिलो पङ्क्तिको स्मरणीय नेताका रुपमा पुनर्स्थापित गर्दै शीर्षस्थ नेताका रुपमा उपाध्यायको तस्बिर पार्टी कार्यालयमा राख्ने निर्णयले आफूलाई खुसी लागेको धारणा राखे । उनले विना कारण सूर्यप्रसाद उपाध्यायमाथि अन्याय हुन पुगेको भन्दै अहिले पार्टीले न्याय गरेको जिकिर गरे ।

देउवाले पार्टी निर्माणमा सूर्यप्रसाद उपाध्यायले लोकतान्त्रिक आन्दोलनमा गरेको योगदानको स्मरण गरेका थिए ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ५ : ४५ बजे

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम

डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी

काठमाडौं– दसैँ घटस्थापनाको दिउँसो अदानचुली गाउँपालिकाको श्रीनगरमा व्यवसायी तिलकबहादुर शाहीको

भक्तपुरका बाटोबाटोमा धान

ख्वप– हिजोआज भक्तपुरमा  फरक दृश्य देख्न सकिन्छ, त्यो हो बाटाबाटोमा धान