चितवनमा तीन हजार २८२ को निःशुल्क आँखा परीक्षण « Khabarhub

चितवनमा तीन हजार २८२ को निःशुल्क आँखा परीक्षण


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको सहकार्यमा आइक्याम्पफोर चितवन र सपोर्ट एण्ड केयर पुनर्स्थापना केन्द्रले तीन हजार २८२ जनाको निःशुल्क आँखा परीक्षण गरेको छ । शिविरमा मोतियाबिन्दु पहिचान भएका ३०३ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ ।

भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार मङ्सिर १ देखि ५ गतेसम्म जिल्लाका आठ स्थानमा आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो । शिविरमा परीक्षण गराएकामध्ये ३०३ जनामा मोतियाबिन्दु देखिएको र उनीहरूको शल्यक्रिया भइरहेको उनले जानकारी दिए । सोमबार साँझसम्म सबैको शल्यक्रिया सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए।

शिविरबाट एक हजार ६९० जनालाई निःशुल्क औषधि तथा चस्मा वितरण गरिएको पनि घिमिरेले जानकारी दिए । आइक्याम्पफोर चितवनका संयोजक राजबन्धु गौतमका अनुसार माडीको थारू सङ्ग्रहालय, भरतपुरको मेघौलीस्थित क्लिनिक नेपाल, कालिकाको शक्तिखोरस्थित स्वास्थ्य चौकी र सिद्धि स्वास्थ्य चौकी, खैरहनीको कठार स्वास्थ्य चौकी, इच्छाकामनाको स्याङ्दीस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र, राप्ती नगरपालिकाको थाकलटार माध्यमिक विद्यालय तथा रत्ननगरस्थित सपोर्ट एण्ड केयर पुनर्स्थापना केन्द्रमा शिविर सञ्चालन गरिएको थियो ।

आर्थिक तथा भौगोलिक कारणले आँखा उपचार सेवाबाट वञ्चित नागरिकलाई सहज रूपमा गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको गौतमले बताए।

आइक्याम्पफोरले विगत नौ वर्षदेखि हरेक वर्ष निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गर्दै आएको छ । ग्रामीण क्षेत्रमा सहज रूपमा आँखा उपचार सेवा प्राप्त गर्न कठिनाइ भएका नागरिकलाई आर्थिक सहयोगसमेत उपलब्ध गराउँदै आएको उनले जानकारी दिए।
 

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  ६ : ५८ बजे

नेपाल–भारत ऊर्जा सहकार्य : अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरण हस्तान्तरण

काठमाडौँ – नेपाल र भारतबीच पेट्रोलियम पूर्वाधार विकासमा सहकार्य विस्तार

चितवनमा तीन हजार २८२ को निःशुल्क आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको सहकार्यमा

जर्मनीका सयौँ विद्यालयमा बम विस्फोटको धम्की

बर्लिन- जर्मनीका सयौँ विद्यालयमा सोमबार बम विस्फोट गराउने धम्कीसहितका इमेल

उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूत शम्सीको शिष्टाचार भेट

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई)का