शालग्राम सङ्ग्रहालयमा औषधालय स्थापना | Khabarhub Khabarhub

शालग्राम सङ्ग्रहालयमा औषधालय स्थापना


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

गलकोट– लोपोन्मुख शालग्राम शिलाको संरक्षण गर्दै आएको बागलुङ नगरपालिका–४ कुडुँले फेदीमा रहेको श्रीधराचार्य शालग्राम सङ्ग्रहालयमा औषधालय स्थापना गरिएको छ ।

सङ्ग्रहालयले स्थापना गरेको औषधालयको आज एक कार्यक्रमका बीच नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे । 

अध्यक्ष ढकालले नेपालमा आफ्नो धर्म, संस्कृति र परम्पराको संरक्षणका लागि पञ्चकोट एवं श्रीधराचार्य शालग्राम सङ्ग्रहालयमा निर्माण गरिएको संरचनाको प्रशंसा गर्दै यिनै संरचनालाई संरक्षण र संवर्द्धन गरी आफ्ना सन्ततिसमक्ष पुर्याउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए ।

मुक्तिनाथ पिठाधिश्वर कमलयनयन आचार्यको कल्पनामा तयार भएको सर्वसिद्धिधाम पञ्चकोटको संरचना निर्माणका लागि आर्थिक सहयोग गरेका अध्यक्ष ढकालले आफ्नो जन्मस्थल, परम्परा, संस्कृति र वैदिक सनातन धर्मको संरक्षण एवं संवर्द्धनमा लागिरहने बताए ।

श्रीधराचार्य शालग्राम सङ्ग्रहालय पछिल्लो समय पञ्चकोट, गलेश्वर तथा मुक्तिनाथ जाने हिन्दू धर्मावलम्बीको सङ्गमस्थलका रूपमा विकास भइरहेको छ । मुक्तिनाथ वेदविद्याश्रामसमेत सञ्चालनमा रहेको सोही स्थानमा स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले औषधालय स्थापना गरिएको स्वामी कमलनयन आचार्यले बताए।

श्रीधराचार्य शालग्राम सङ्ग्रहालयका अध्यक्ष ऋषि प्रपन्नचार्यले कोरोनाकालमा औषधोउपचार अभाव भएपछि कल्पना गरिएको औषधालय स्थापना आज पूरा भएको बताए। 

‘कोरोनाकालमा बजार प्रवेश निषेध थियो, गाउँमा सबै बिरामी भएपछि यहाँ एउटा स्वास्थ्योपचार गर्ने स्थान आवश्यक छ भन्ने लाग्यो’, प्रपनाचार्यले भने, ‘कमलनयन गुरुको अनुरोध र सबैको सहयोगमा स्वास्थ्यचौकीमा उपलब्ध सेवा यहाँबाट प्रदान गर्न थालेका छौँ ।’ मन्दिरमा आएको भेटी, शालग्राम सङ्ग्रहालय  दर्शन गर्न आएका दर्शनार्थीले गरेको सहयोगबाट औषधालय सञ्चालनमा ल्याइएको छ ।

मुक्तिनाथ पिठाधिस्वर कमलनयन आचार्यले पञ्चकोट, शालग्राम सङ्ग्रहालय, गलेश्वर र मुक्तिनाथलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विश्वमै चिनाउने अभियानमा आफू लागेको बताउँदै औषधालयलाई अस्पतालका रूपमा विकास गर्ने परिकल्पना गरेको बताए। 

कार्यक्रममा मुक्तिनाथ वेदविद्याश्रममा योगदान गरेका पुरुषोत्तम आचार्यलाई अभिनन्दन गरिएको थियो । महासङ्घका अध्यक्ष ढकालले भूमिगतरूपमा निर्माण गरिएको शालग्राम सङ्ग्रहालयको निरीक्षण गरी त्यहाँ राखिएको गण्डक क्षेत्रको धार्मिक अवस्थासमेत समेटिएको भूमिगत सङ्ग्रहालयको अवलोकन गरेका थिए ।

विश्वकै एकमात्रै कालीगण्डकी नदीमा पाइने शालग्राम सङ्ग्रहालय लोप हुँदै गएपछि विसं २०७६ मा श्रीधराचार्यको सङ्ग्रहालय निर्माण गरेर सवा लाख शालग्राम राखिएको छ । श्रीधराचार्यको ८४औँ जन्मजयन्तीका अवसरमा उनकै नाममा औषधालय स्थापना गरिएको हो ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ७ : २६ बजे

किसानलाई अनुदानमा कृषि औजार वितरण

गण्डकी– किसानलाई कृषि पेसामा थप आकर्षित गर्ने उद्देश्यले अनुदानमा कृषि

एनसेल बिक्री छानबिन प्रतिवेदन प्रधानमन्त्रीले कुन दराजमा थन्क्याए ?

काठमाडौं – गत मंसिर दोस्रो साता मलेसियाको आजियाटा ग्रुप बहार्डले

निकुञ्जमा विदेशी पर्यटकको घुइँचो, आर्थिक वर्ष दुई लाख ९९ हजार आए

चितवन– चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको

कोशी सरकार विस्तार : मन्त्रिमण्डल अब १० सदस्यीय, आर्थिक मामिला एमालेले राख्यो

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्

नेपालको विकासमा रूसको ठूलो सहयोग छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकासमा रूसको ठूलो