वैदेशिक रोजगारसम्बन्धी तालिम प्रदायक संस्थासँग कर्मचारी विवरण माग « Khabarhub

वैदेशिक रोजगारसम्बन्धी तालिम प्रदायक संस्थासँग कर्मचारी विवरण माग


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैदेशिक रोजगार विभागले विभागबाट अनुमतिप्राप्त गरी सञ्चालनमा रहेका वैदेशिक रोजगारसम्बन्धी काम गर्न इजाजतवाला अभिमुखीकरण तालिम प्रदायक संस्थासँग कर्मचारी विवरण माग गरेको छ ।

तालिम प्रदायक संस्थाले तोकिएको मापदण्डअनुसार काम नगरेको गुनासो आएपछि विभागले यस्ता संस्थालाई तालिम सञ्चालन गरिरहेको स्थान र कर्मचारी विवरण माग गरेको विभागका सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए ।

उहाँका अनुसार विभागको नियमित अनुगमन तथा आकस्मिक अनुगमनका क्रममा कतिपय तामिल प्रदायक संस्थाले तालिम सञ्चालन कार्यविधि, २०७६ को दफा ११ ९अनुसूची २० मा उल्लेख भएअनुसार तोकिएबमोजिमको केही मापदण्ड पूरा नगरेको पाइएको छ ।

विभागले एक विज्ञप्तिसमेत प्रकाशित गरी तालिम प्रदायक संस्थाले यथाशीघ्र कार्यविधिमा तोकिएबमोजिमको मापदण्ड पूरा गर्ने र सम्बन्धित संस्थाले हाल तालिम सञ्चालन गरिरहेको स्थान र कर्मचारी विवरण सात दिनभित्र विभागको अभिमुखीकरण तथा अनुगमन शाखामा बुझाई अद्यावधिक गर्न आग्रह गरेको छ ।

अन्यथा वैदेशिक रोजगार ऐन, २०६४ अनुसार कारबाही हुने विभागद्वारा प्रकाशित उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ७ : ३४ बजे

चितवनमा तीन हजार २८२ को निःशुल्क आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको सहकार्यमा

जर्मनीका सयौँ विद्यालयमा बम विस्फोटको धम्की

बर्लिन- जर्मनीका सयौँ विद्यालयमा सोमबार बम विस्फोट गराउने धम्कीसहितका इमेल

उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूत शम्सीको शिष्टाचार भेट

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई)का

बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौँ – वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने प्रलोभनमा पारेर भारतको