माओवादी एक ढिक्का छ : प्रचण्ड « Khabarhub

माओवादी एक ढिक्का छ : प्रचण्ड


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय कमिटी बैठकबाट पार्टी एक ढिक्का भएको बताएका छन् ।

जारी केन्द्रीय कमिटी बैठकबाट बाहिरिने क्रममा शनिबार सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले वाद विवाद र संवादमा बैठक टुंगिने र अहिलेसम्मको छलफलले पार्टी एक ढिक्का भएको महसुस भएको बताएका हुन्।

‘यो बैठकपछि पार्टी एक ढिक्का भयो भन्ने महसुस सबैलाई भएको छ। वाद, विवाद र संवादमा यो बैठक टुंगिँदै छ,’ उनले भने।

केन्द्रीय कमिटीमा पार्टी नेतृत्व र प्रचण्डले अत्यधिक परिवारमोह देखाएको भन्दै आलोचनासमेत भएको थियो। यद्यपि, शनिबारसम्म आइपुग्दा नेताहरूले आफूहरू प्रचण्डको नेतृत्व स्वीकारेर उनलाई सहयोग गर्न तयार रहेको बताएका थिए।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ९ : ०५ बजे

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले