घरमा बिहान बेलुका किन बालिन्छ दियो ?  « Khabarhub

घरमा बिहान बेलुका किन बालिन्छ दियो ? 


१९ भदौ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

हरेक नेपालीका घरमा बिहान बेलुका पूजा कोठामा दियो बाल्ने गरिन्छ र सायद तपाई पनि आफ्नो घरमा बिहान र साँझपख दियो बाल्नु हुन्छ होला । दियोमा बाल्ने बत्तीको आफ्नै महत्त्व छ । त्यसैले त मानिसहरु हरेक मन्दिरमा जाँदा दियो चाहिँ जसरी पनि बाल्ने गर्छन् । 

हिन्दु धर्मका कुनै पनि शुभ कार्यको थालनी गर्नु पूर्व दियो बाल्ने परम्परा हुन्छ। बिहान बेलुका हुने पूजामा पनि दियो बाल्ने परम्परा छ।

हिन्दु धर्मशास्त्रका अनुसार पूजा कोठामा सबै भगवानहरूका फोटो राखेर फल अक्षतासहित दियो बाल्दा आफ्नो मनोकामना पुरा हुने र घरमा सदैव सुख शान्ति र समृद्धि छाउने जनविश्वास छ । दियो भनेको प्रकाश हो । भगवानलाई बालेको दियाले घरलाई पनि उज्यालो प्रदान गर्दछ । दियो भगवानका लागि आफ्ना कुल देवताका लागि र पितृ देवताका लागि समेत बाल्ने गरिन्छ । 

धर्मग्रन्थअनुसार, दियो बाल्दा  शत्रुको नाश हुन्छ भने घरमा सख शान्ति र समृद्धि आउँछ। साथै आफ्ना घरका कुल देवता पनि खुसी हुने गर्छन् । दैनिक रूपमा घरमा दियो बाल्दा आरोग्य अर्थात् स्वास्थ्य राम्रो हुन्छ । यसका साथै धन सम्पत्ति वृद्धि हुन्छ।

हिन्दु धर्म शास्त्रअनुसार दियो बाल्दा यो मन्त्रको उच्चारण गर्दा पापको नाश हुनुका साथै शुभ फल समेत प्राप्ति हुन्छ।

दीपज्योतिस् परब्रह्मस् दीपज्योतिस् जनार्दनस् । दीपोहरतिमे पापं संध्यादीपं नामोस्तुते ।। 

शुभं करोतु कल्याणमारोग्यं सुखं सम्पदां । शत्रुवृद्धि विनाशं च दीपज्योतिस् नमोस्तुति ।।

प्रकाशित मिति : १९ भदौ २०८०, मंगलबार  ६ : ३२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया